टोकियो ओलम्पिकमा नेपालबाट करिव २५ जनाको टोली जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 1414 पटक हेरिएको

हाइलाइट्स

जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ । 

आसन्न टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीसहित करिव २५ जनाको टिम जाने भएको छ । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले टोकियो ओलम्पिकका लागि नेपालबाट खेलाडीसहित प्रशिक्षक, म्यानेजर, चिकित्सक र अरु अफिसियल गरेर करिव २३ देखि २५ जना जाने अहिलेसम्मको तयारी रहेको बताएका छन । 

टोकियो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले खेल्नेछन । जसमा पौडी, जुडो, सुटिङ, एथ्लेटिक्स रहेका छन । पौडीमा दुई खेलाडीले प्रतिस्पर्धा गर्दा बाँकी तीन खेलमा एक एक खेलाडीले खेल्नेछन । 

नेपालबाट जाने टिममा चार खेलका चार प्रशिक्षक, चार म्यानेजर, सेभ दी मिसन एक, एटाचीमा एक, नेपाली टिमको प्रशासन र कोभिड नियम हेर्ने एक जना टिममा जाने भएको छ । यस्तै टिमको डाक्टरमा एक जना रहेका छन । 

ओलम्पिकमा जानका लागि विभिन्न पदाधिकारीको इच्छा भएकाले पनि जुन जुन खेलको खेल सकियो उनीहरु फर्किएपछि त्यसको स्थानमा जाने अरु चार जना रहेका छन । यो कोटाका आधारमा रहेको छ । 

ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । उनीहरु त्यहाँ नै प्रशिक्षण गर्ने भनेर गइसकेका छन । बाँकी नेपालबाट टिम जुलाईको १६ या १७ तारिखमा जाने तयारी भइरहेको छ । 

कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाएको छ भने टोकियो जानु भन्दा अगाडी दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । 

साथै ओलम्पिकको नोटबुकमा कुनैपनि खेलका खेलाडी आफ्नो प्रतिस्पर्धा सकिए लगत्तै फर्किनुपर्ने भनिएको छ । यसपटकको ओलम्पिकमा विशिष्ट पदाधिकारीको सहभागितामा कटौती गरेको छ । 
जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey