ओलम्पिक भिलेजमा काम गर्ने २ जनामा काेराेना, चीनले ४०० भन्दा बढि खेलाडी पठाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 927 पटक हेरिएको

हाइलाइट्स

तर पछिल्लो पटक खेलाडी बस्ने भिलेजका दुई जना कामदारमा कोरोना पोजेटिभ देखिएको छ । 

जापानमा आयोजना हुने टोकियो ओलम्पिकको मिती जतिजति नजिकिँदैछ, विभिन्न देशका खेलाडी त्यहाँ पुग्ने क्रम सुरु भएको छ ।

यस्तैमा टोकियो पुगेका विभिन्न देशका खेलाडीहरु क्वारेन्टिनमा बसिरहेका छन भने केहिको समय सकिएको छ । तर पछिल्लो पटक खेलाडी बस्ने भिलेजका दुई जना कामदारमा कोरोना पोजेटिभ देखिएको छ । 

पछिल्लो पटक टोकियोमा पनि कोरोनाको संक्रमण बढिरहेका बेला त्रास अझैपनि कायमै रहेको छ । खेलाडी बस्ने ओलम्पिक भिलेजमा काम गर्ने दुई जना स्टाफ र अरु दुई जना कन्ट्रयाक्टरलाई पोजेटिभ देखिएको बताइएको छ । तर कन्ट्याक्टमा पर्ने अरु दुई जनाको रिपोर्ट भने दोस्रो पटक परिक्षण गर्दा नेगेटिभ आइसकेको छ । 

यस्तैमा टोकियो ओलम्पिकका लागि चीनले चार सय भन्दा खेलाडीलाई पठाउने भएको छ । चिनीया मिडियाका अनुसार चिनीले ३० खेलका दुई सय २४ इभेन्ट्समा सहभागिता जनाउने भएको छ । 

यसअघि २०१६ को रियो ओलम्पिकमा चीनले चार सय १६ खेलाडीलाई २६ वटा विभिन्न विधामा प्रतिस्पर्धा गराएको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey