यू-१९ विश्वकपको एशिया छनौट नेपालमा गर्न र पीएनजीसँग दुईदेशिय सिरिजका लागि क्यानको प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 3426 पटक हेरिएको

हाइलाइट्स

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीसँगको अनलाइन बैठकमा यू १९ विश्वकप छनौटको एशिया छनौट नेपालमा गर्नका लागि प्रस्ताव गरेको बताएका छन । यसअघि यो प्रतियोगिता यूएईमा हुने भनिएको थियो । 

टी २० विश्वकप र इन्डियन प्रिमियर लिग युएईमा हुने भएपछि त्यहाँ हुने भनिएको आइसीसी यू १९ विश्वकपको एशिया छनौट नेपालमा गराउनका लागि नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव गरेको छ । 

यसका साथै क्यानले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सेप्टेम्बरमा ओमानमा हुने त्रिकोणात्मक सिरिज अगाडी पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपुर्ण खेलका लागि पनि प्रस्ताव गरेको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीसँगको अनलाइन बैठकमा यू १९ विश्वकप छनौटको एशिया छनौट नेपालमा गर्नका लागि प्रस्ताव गरेको बताएका छन । यसअघि यो प्रतियोगिता यूएईमा हुने भनिएको थियो । 

सन् २०२२ मा वेष्ट इन्डिजमा हुने विश्वकपको छनौटको आधार रहेको प्रतियोगितामा नेपालसहित ओमान, सिंगापुर, मलेसिया, यूएई र कुतेवले प्रतिस्पर्धा गर्नेछन । यो प्रतियोगिता सेप्टेम्बरको अन्तिममा हुने बताइएको छ । 

यता ओमानमा सेप्टेम्बरको सुरुवातमा हुने लिग टु अगाडी टी २० विश्वकप खेल्न आउने पीएनजीसँग दुई खेलको सिरिजका लागि पनि प्रयास गरिरहेको चन्दले बताए । उनले यो कुरा सुरुवाती चरणमा रहेको र अहिलेको योजना अनुसार नेपाल ओमान पुगेर क्वारेन्टिनको समय विताएपछि दुई खेलका लागि प्रस्ताव भइरहेको बताए । 

सेप्टेम्बरमा लिग टु अन्तर्गत नेपालले अमेरीका र ओमानसँग सिरिज खेल्ने अहिलेसम्मको तालिका रहेको छ । त्यो बेलासम्म कोभिडको असर कम भएको खण्डमा यो प्रतियोगिता हुने निश्चित छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगकाे अन्तर्वार्ता

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey