इंग्ल्याण्ड क्रिकेट टिमका ७ जनामा काेराेना, पुरै टिम आइसोलेसनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1179 पटक हेरिएको

हाइलाइट्स

टिमका तीन खेलाडी र चार अफिसियलमा कोरोना पोजेटिभ देखिएपछि पुरै टिमलाई आइसोलेसनमा राखिएको छ । 

पाकिस्तानविरुद्धको सिरिज सुरु हुन दुई दिन अगाडी मात्र इंग्ल्याण्डको पुरै टिमलाई आइसोलेसनमा राखिएको छ । टिमका तीन खेलाडी र चार अफिसियलमा कोरोना पोजेटिभ देखिएपछि पुरै टिमलाई आइसोलेसनमा राखिएको छ । 

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सात जनामा कोरोना पोजेटिभ आएको पुष्टि गरेको छ । जसका कारण पुरै टिमलाई आएसोलेसनमा बस्न निर्देशन दिएको छ । 

पहिलो टिम आइसोलेसनमा बस्ने भएपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध दोस्रो टिमलाई खेलाउने भएको छ । टिमको कप्तानी बेन स्टोकले गर्नेछन र टिमको घोषणा मंगलबार साँझ हुने बताइएको छ ।

सोमबार ब्रिस्टोलमा गरिएको परिक्षणमा तीन खेलाडी र सात अफिसियललाई पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएकालाई पब्लिक हेल्थको नियम अनुसार आइसोलेसनमा बस्न भनिएको छ भने उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकालाई पनि सेल्फ आइसोलेसनमा बस्न भनेको छ । 

अब इंग्ल्याण्ड टिम १४ दिनको आइसोलेसनमा बस्नेछ । इंग्ल्याण्डले पाकिस्तानसँग तीन एकदिवसिय सिरिजमा दोस्रो टिमलाई उतार्ने भएको छ ।

पाकिस्तान र इंग्ल्याण्डविचको पहिलो एकदिवसिय खेल विहिबार हुनेछ । त्यसपछि दोस्रो खेल १० जुलाईमा हुनेछ भने त्यसको तीन दिनपछि तेस्रो खेल हुनेछ । 

टी २० सिरिज १६, १८ र २० जुलाईमा हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey