श्रीलंकन क्रिकेटर राजपाक्षे एक वर्षको प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२१
  • |
  • 1049 पटक हेरिएको

हाइलाइट्स

खेलाडी आचार संहिता उल्लंघन गरेकाे आराेप 

श्रीलंकन क्रिकेटर भानुका राजपाक्षे एक वर्षको प्रतिबन्धमा परेका छन् । उनलाई श्रीलंकन क्रिकेट बोर्ड सबै फरम्याटका क्रिकेटबाट एक बर्ष प्रतिबन्ध लगाएको हो ।


पहिलो चरणको छानविनमा उनी दुई वर्षका लागि निलम्बनमा परेका थिए भने ५ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो । श्रीलंकन क्रिकेट बोर्ड र खेलाडीहरुकाबीचमा पारिश्रमिकको विवाद हुँदा उनले सञ्चारमाध्यममा अन्तर्रवार्ता दिँदा खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको अभियोग लागेको थियो । 


उनी क्रिकेट खेल्न प्रतिबन्धमा परे पनि राजपाक्क्षेलाई प्रशिक्षणमा पनि सहभागी भएका छन् । प्रशिक्षण अघि गरिएको फिटनेश टेस्टमा उनी सफल भएपछि प्रशिक्षणका लागि योग्न भएका छन् । उनलाई खेलाडी सम्झौताको नियमका विषयमा भने आगामी दुई बर्षसम्म निगरानीमा राखिने छ । 

राजपाक्क्षे लगातार श्रीलंकन टिमबाट बाहिर भए पछि त्यसको विरोध गरका थिए । साथै पछिल्लो समय उनी इंग्ल्याण्ड सिरिजका लागि टिममा पर्नुपर्ने बताएका थिए ।   

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey