आईपीएलका लागि नयाँ टिम घोषणा अक्टुबरमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२१
  • |
  • 739 पटक हेरिएको

सन् २०२२ को आईपीएलमा १० टिमले खेल्ने भएका छन् । अहिले आठ टिम रहेका छन् । अक्टोबरमा दुई नयाँ टिम घोषणा गर्ने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले त्यसका लागि ब्लू प्रिन्ट तयार पारेको जनाइएको छ ।

यसअघि मे महिनामा नयाँ दुई टिम घोषणा गर्ने बताए पनि कोरोना महामारीका कारण सारिएको थियो ।

नयाँ टिम अब चाँडै गर्ने र डिसेम्बरमा मेगा अक्सन गर्ने पनि तयारी गरिएको छ । 

अहिले बीसीसीआईले नयाँ टिमको टेण्डरका लागि न्यूनतम मूल्य कति राख्ने त्यो भने समस्या भएको छ ।

पहिला बीसीसीआई १५ सय करोड रुपैयाँ राख्ने तयारी गरे पनि राजस्थान रोयल्समा आएको परिवर्तनका कारण कम्तिमा २ हजार करोड न्यूनतम मूल्य निर्धारण गर्ने अनुमान गरिएको छ ।

यसैगरी आउँदो सिजनदेखि आईपीएलमा चार खेलाडीलाई मात्र रिटेन गर्न पाइने छ । 

पछिल्लो महिना इंग्लिस क्लब लिभरपुलको इन्भेस्टर रेडबर्ड क्यापिटलले राजस्थान रोयल्सको १५ प्रतिशत शेयर  खरिद गरेको थियो ।

राजस्थान रोयल्स र रेडबर्डकाबीचमा भएको डिल पछि फ्रेन्चाइजको भ्याल्यू १८६३ करोडबाट २२३५ करोड पुगेको छ । यसले गर्दा अब आउने नयाँ टिमको न्यूनतम मूल्य २००० करोड हुने सम्भावना रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey