मछिन्द्रका सहायक प्रशिक्षक निशान भारतीय क्लव मिनेर्बा पञ्जावमा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२१
  • |
  • 1561 पटक हेरिएको

हाइलाइट्स

फिजियो अनिश बुढाथोकीपनि सोहि क्लवमा आबद्ध भएका छन । 

मछिन्द्र क्लवका सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका निशान श्रेष्ठ भारतीय क्लव मिनेर्बा पञ्जावमा अनुबन्ध भएका छन । उनीसँगै फिजियो अनिश बुढाथोकीपनि सोहि क्लवमा आबद्ध भएका छन । 

श्रेष्ठ टिमको सहायक प्रशिक्षक र अनिश फिजियोका रुपमा टिममा अनुबन्ध भएका छन । उनीहरुको क्लवसँग आधिकारीक हस्ताक्षर हुनमात्र बाँकी रहेको बताइएको छ ।

दुबै जना क्लवको जिम्मेवारी सम्हाल्नका लागि पञ्जाव पुगिसकेका छन । श्रेष्ठ यसअघि नेपालमा पहिलो पटक भएको नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीको सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । यस्तै बुढाथोकिपनि सोहि टिमको फिजियो रहेका थिए । 

भारतीय क्लवमा नयाँ जिम्मेवारी पाएका उनीहरुले राम्रो अवसरका रुपमा लिएका छन । उनीहरुको सम्झौताको अवधि भने हस्ताक्षरपछि मात्र सार्वजनिक गरिने बताइएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey