भलिबल संघका महासचिव चन्द एभीसी सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२०
  • |
  • 1208 पटक हेरिएको

हाइलाइट्स

नियमित र सक्रिय भलिबल गतिविधि गरेकै कारण नेपालले सेन्ट्रल जोनको पदाधिकारी पाएको हो । 

 उनी भलिबलको अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली पदाधिकारी हुन् । 

 एफआईभीबी र एभीसीबाट आउने कार्यक्रमहरुमा नेपाललाई प्राथमिकतामा पार्ने प्रयास चन्दले गर्नेछन् ।

काठमाडौं । नेपाल भलिबल संघका महासचिव तथा पूर्व राष्ट्रिय खेलाडी जितेन्द्रबहादुर चन्द एसियाली भलिबल महासंघ (एभीसी)को एउटा अंगको रुपमा स्थापना भएको एभीसी सेन्ट्रल जोन भलिबलको कोषाध्यक्षमा नियुक्त भएका छन् ।

सेन्ट्रल जोनको पदाधिकारीका रुपमा उनलाई आइतबार नियुक्ति दिइएको हो । सबै देशमा भलिबलको समुचित विकासका लागि एभीसीमा आबद्ध मध्य तथा पश्चिम एसियाका १४ देशहरु सम्मिलिन सेन्ट्रल जोनमा १४ देशको प्रतिनिधित्व रहनेछ ।

एभीसीकै एउटा अंगको रुपमा सन् २०१५ मा स्थापित यो संघका अध्यक्ष माल्दिभ्सका मोहम्मद लतिफ र महासचिव किर्गिस्तानका क्लिच हुन् । यसको केन्द्रीय कार्यालय किर्गिस्तानमै छ ।

चन्दका अनुसार सेन्ट्रल जोनमा कोषाध्यक्ष प्रणाली सुुरु गरी पहिलोपल्ट उनलाई जिम्मेबारी दिइएको हो ।

नेपालले दुई वर्षअघि एभीसी सिनियर मेन्स सेन्ट्रन जोन भलिबल प्रतियोगिताको आयोजनासँगै सोही समयमा सेन्ट्रल जोनको अधिवेशनसमेत गरेको थियो ।नियमित र सक्रिय भलिबल गतिविधि गरेकै कारण नेपालले सेन्ट्रल जोनको पदाधिकारी पाएको चन्दले प्रतिक्रिया दिएका छन् ।

 

अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीले एभीसीमार्फत सेन्ट्रल जोनलाई वार्षिक ३० हजार डलर अनुदान उपलब्ध गराउने गरेको छ । सोही कोषको नियन्त्रण अव चन्दको जिम्मामा आएको छ ।

उनी अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली पदाधिकारी हुन् । एफआईभीबी र एभीसीबाट आउने कार्यक्रमहरुमा नेपाललाई कसरी प्राथमिकतामा पार्ने प्रयास गरिने उनले जानकारी दिए ।

‘हाम्रो सक्रियताकै कारण सेन्टल जोनले नेपाललाई विश्वास गरेको हो । भविश्यमा प्रभावकारी कार्यक्रम पाउने नपाउने भन्ने नेपाल भलिबल संघको सक्रियतामा भर पर्छ, कोषाध्यक्ष बनेपछि प्रतिक्रिया दिँदै चन्दले भने, ‘त्यसमाथि म १४ देशको कोषाध्यक्ष हो । मेरो नजरमा सबै देश समान हुनुपर्छ ।’

No description available.

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey