खेलकुद पत्रकारिता पुरस्कार अविनाश आचार्यलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१९
  • |
  • 854 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्च बाराले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता पुरस्कार २०७७’ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । 

शनिवार सिमरामा सम्पन्न मञ्चको वैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउलेले जानकारी दिए । 

आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउलेले बताए । जिल्लामा रहेर कृयाशिल पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णय समेत वैठकले गरेको छ ।
मञ्चका अध्यक्ष गाउँलेको अध्यक्षतामा सप्पन्न बैठकमा मंचका सल्लाहकार समेत रहेका पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, बरिस्ठ पत्रकार गुरुप्रसाद गौतम लगायतको उपस्थिति रहेकोे थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey