गोपीमाथि भएको अन्यायको क्षति कसले व्यहोर्ने ?

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७८-०३-१८
  • |
  • 2600 पटक हेरिएको

हरेक नेपाली खेलाडीको सपना हुन्छ, एक पटक ओलम्पिकमा खेल्ने । त्यही सपना साँचेर नै नेपाली खेलाडीहरुले दिनरात मेहनत गरिरहेका हुन्छन् । कति खेलाडीको सपना पुरा हुन पाउँछ कतिको अधुरै रहन्छ ।

आठ महिना अघि नेपालगञ्ज म्याराथन जितेपछि गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकका लागि छनोट भएर बधाई थापे । लामोसमयदेखि घर पनि नगएका गोपीले घरमा पुगेर सबै कुरो मिलाएर प्रशिक्षणका लागि काठमाडौं आए ।

काठमाडौंमा कोरोना महामारीका कारण लकडाउन हुँदा पनि उनले प्रशिक्षण जारी राखे । उनी भन्छन् ओलम्पिकका लागि राति दुई तीन बज्दा हरेक दिन प्रशिक्षण गरे । काठमाडौंको रिङ रोडमा नियमति प्रशिक्षण गरेका उनले एपीएफको हलचोक मैदान त पानी पँधेरो नै थियो । 

ओलम्पिक खेल्ने सपना बुन्दै अघि बढेका पार्कीमाथि विहीबार एकाएक बज्रपात (अन्याय) भएको छ । त्यो बज्रपात उनको व्यक्तिगत कारण अथवा पारिवारिक कारण नभई खेलकुलको जिम्मा लिएर बसेकाबाट भएको हो ।

ओलम्पिकमा जाने नेपालका पाँच खेलाडीलाई विहीबारदेखि राजधानीको एक होटेलमा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको थियो । तर अन्तिम समयमा गोपी तिम्रो नाम छैन, तिमी ओलम्पिक खेल्न पाउँदैनौं भनिए पछि एक जना खेलाडीको मानसिकतामा कस्तो प्रभाव प¥यो होला । त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।

अरुबेला ओलम्पिक चार्टर भन्ने अनि खेलाडीलाई अन्याय गर्दा राष्ट्रिय खेलकुद परिषद् राखेप, नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघका जिम्मेवार व्यक्तिले संयुक्त हस्ताक्षर गरेर गोपी ठाउँमा फलानो कोटामा फलानोलाई पठाइयो भन्ने कुरा नेपाली खेलकुदका लागि जति नै निन्दा गरे पनि कम हुन्छ । यतिबेला नेपालले भन्न सक्नुपर्ने थियो, ‘गोपीचन्द्र पार्की खेल्न पाउँदैनन् भने अरु खेलाडी पनि जाँदैनन् भनेर ।’

गोपी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका खेलाडी हुन् । साथै ओलम्पिक कमिटीबाट मान्यता पाएको नेपालगञ्ज म्याराथन जितेका उनले त्यसपछि तयारीका लागि भन्दै लाखौं रुपैयाँ खर्च गरिसकेका छन् । उनले भने ‘ओलम्पिकका लागि व्यक्तिगत जीवन त्यागेर मेहनत गरियो सर, तर अहिले आएर यस्तो धोका पाइयो ।’ 

नियमितको प्रशिक्षण र त्यसका लागि डाइटको व्यवस्था गर्नका लागि केही ऋण पनि लिएको बताउने गोपीले अहिले आएर बाहिर हिँड्दा पनि कसैसँग आँखा जुधाएर हिँड्न नसक्ने भएको बताए । उनले केही व्यक्तिहरुले म माथि यस्तो हुँदैछ भनेर पहिला नै थाहा पाएको बताएकाले  ‘दालमे कुछ काला हे’ भन्ने कुरामा पनि आफू पुगेको बताएका छन् ।

एक जना खेलाडी त्यसै आजको भोलि तयार हुँदैन । त्यसमा हरेकको आ आफ्नै लगानी हुन्छ । ओलम्पिक खेल्ने भनिसके पछि त्यसको तयारी पनि एकदमै गर्नुपर्छ । ओलम्पिक खेल्न जाँदैछु भनेर हामी छिमेकी बजारमा गएर सामान्न किन्न जान लागेको जस्तो होइन । 

खेलाडी राष्ट्रका गहना हुन् यो भनाई पनि एक पटक फेरि लज्जित भएको छ । मेडल जित्दा मात्रै गहना भन्ने अनि अबसर दिँदा भने पाखा लगाउने जुन परिपाटी छ त्यसले अरु खेलाडीहरुको पनि मनोबल गिराउने गर्छ । यता तर्फ बेलैमा सचेत भएर गोपी प्रकरणमा कहाँबाट के कसरी त्रुटी भयो त्यो निष्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey