त्रिकोणात्मक टी-२० सिरिज आयोजना अधिकार पाएको जोरा इन्टरनेसनलले क्यानलाई दिएको चेक बाउन्स

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१६
  • |
  • 2263 पटक हेरिएको

हाइलाइट्स

वैशाखमा नेपालमा भएको नेपाल, मलेशिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना अधिकार पाएको जोरा इन्टरनेसनलले दिएको चेक बाउन्स भएको छ । 

वैशाखमा नेपालमा भएको नेपाल, मलेशिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना अधिकार पाएको जोरा इन्टरनेसनलले दिएको चेक बाउन्स भएको छ ।

प्रतियोगिता गत वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको थियो । सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। 

उक्त अधिकार नेपाल क्रिकेट संघले जोरालाई १५ लाख रुपैयाँ बेचेको थियो ।  जोराले उक्त प्रतियोगितामा प्रायोजन तथा टिकट बिक्रिबाट उठेको सबै रकम पाउने सम्झौतामा उल्लेख थियो।

प्रतियोगिता सकिएको दुई महिना हुन लागिसकेको छ । तरपनि क्यानले त्यो रकम अहिलेसम्म पाएको छैन । 

सिरिजका सुरुवाती खेलमा मैदानमा दर्शकलाई प्रवेश दिइएको थियो। तर पछि सरकारको निदेर्शन अनुसार दर्शक विना प्रतियोगिता संचालन भएको थियो । 
जोराले १५ दिनपछिको मिति राखेर क्यानलाई दिएको चेक बाउन्स भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey