युरो २०२० को सेमिफाइनलमा पुग्ने समिकरण यस्तो बन्याे

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१६
  • |
  • 2123 पटक हेरिएको

हाइलाइट्स

  • क्वाटरफाइनल समिकरण
  • शुक्रबार : स्वीट्जरल्याण्ड भर्सेस स्पेन 
  • वेल्जियम भर्सेस इटाली
  • शनिबार : चेक रिपब्लिक भर्सेस डेनमार्क 
  • युक्रेन भर्सेस इंग्ल्याण्ड 

युरो २०२० फुटबल अन्तर्गत प्रि क्वाटरफाइनलका खेल सकिएका छन् । मंगलबार युक्रेन विजयी भएसँगै अन्तिम आठमा पुग्ने आठौं टिम हुन पुग्यो ।

मंगलबार राति दुई वटा खेल भएका थिए । जसमा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दा युक्रेनले स्वीडेनलाई स्तब्ध बनाएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि शुक्रबारदेखि खेल हुने छ । क्वाटरफाइनलको पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने छ । 

स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्दा स्पेनले क्रोएशियामाथि अतिरिक्त समयमा ५–३ गोल अन्तरको जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

स्वीट्जरल्याण्ड र स्पेनको खेल शुक्रबार राति पौने १० बजेदेखि शुरुहुने छ । 

यसैगरी दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली आमने सामने हुने छन् ।

इटलीले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दा बेल्जियमले पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । बेल्जियम र इटालीको खेल भने राति पौने १ बजे शुरुहुने छ ।

यसैगरी शनिबार चेक रिपब्लिक र डेनमार्क आमने सामने हुने छन् । चेकले नेदरल्याण्ड्सलाई पराजित गर्दा डेनमार्कले वेल्सलाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

चेक रिपब्लिक र डेनमार्कको खेल राति पौने १० बजे हुने ।

यसैगरी क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।

युक्रेनले स्वीडेनलाई पराजित गर्दा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको टिकट पक्का गरेका थिए ।

इंग्ल्याण्ड र युक्रेनको खेल राति पौने १ बजे हुने छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey