युराे २०२० : अतिरिक्त समयमा ५-३ गाेलले क्राेएशियालाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१५
  • |
  • 1436 पटक हेरिएको

हाइलाइट्स

  • पहिलाे हाफ एक एक गाेल 
  • दाेस्राे हाफ तीन तीन गाेल 
  • अतिरिक्त समयमा ५-३ गाेल अन्तरले स्पेन विजयी

युरो २०२० मा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सन् २०१२ को युरो बिजेता स्पेन ९ बर्षपछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्पेन २०१४ र २०१८ को विश्वकपका साथै २०१६ को युरोमा क्वाटरफाइनल प्रवेश गर्न असफल भएको थियो ।

आत्मघाति गोलका कारण पछि परेको स्पेनले उत्कृष्ट कमब्याक गर्दै फिफा विश्वकप २०१८ को उप विजेता क्रोएशियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Image

निर्धारित समय ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पहिलो हाफमा एक एक गोलको बराबरी खेलेको स्पेनले बाँकी गोल दोस्रो हाफमा गोल गरेको थियो ।

क्रोएशियालाई लगातार बल नियन्त्रणमा पनि पछि पारेको स्पेनले १९ औं मिनेटमा आत्मघाति गोल गरेपछि क्रोएशियाले अग्रता लिएका थियो ।

सर्जियो बुस्केटले दिएको ब्याक पास सिमोनलाई लागेर आफ्नै जाली छुन पुगेको थियो ।

Image

सोही उपहार गोलले क्रोएशियाले अग्रता लिएको हो । त्यसअघि क्रोएशियाको पोस्ट चार्जलाई बिफल पारिएको थियो ।

एक गोलले पछि परे पनि स्पेनले क्रोएशियाको डिफेन्स लाइनलाई पार गर्नका लागि लगातार प्रयास जारी राखेको थियो ।

३८ औं मिनेटमा स्पेनले बराबरी गोल गरेको थियो । उसका लागि पाब्लो साराबियाले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा ३–३ गोल भएको थियो । 

५७ औं मिनेटमा सिजर टेनकोले गोल गर्दै स्पेनको अग्रता २–१ बनाएका थिए । उनले फेरान टोरेसको सहयोगमा गोल गरेका थिए ।

लगातार क्रोएशियामाथि आक्रमण बुनेको स्पेनले फेरान टोरेसले ७६ औं मिनेटमा गोल गरेपछि स्पेन ३–१ ले अघि बढेको थियो ।

८५ औं मिनेटमा मिर्सलाभ ओरिसीले गोल गरेपछि क्रोएशिया अग्रता ३–२ मा झारेको थियो ।

उक्त गोललाई भारले मान्यता दिएको थियो । दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा मारियो प्यालिसीले उत्कृष्ट हेडर गोल गर्दै नाटकीय बराबरी गरेका थिए ।

Image

त्यसपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

अतिरिक्त समयमा क्रोएशियाले शुरुमा स्पेनमाथि दबाब कायम राखे पनि पछि क्रमश स्पेननै हावी भएको थियो ।

१०० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै ४–३ ले अघि बढाएका थिए ।

त्यसको तीन मिनेट पछि मिकेल ओयरजाबेलले गोल गरेपछि ५–३ गोल अन्तरको जितका साथ स्पेन अन्तिम आठमा प्रवेश गर्न सफल भयो  ।

स्पेनले सेमिफाइनल प्रवेशका लागि फ्रान्स र स्वीट्जरल्याण्ड्सबीचकाे विजेतासँग खेल्ने छ ।


 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey