केल्मी र ओलम्पिक कमिटिबीच प्रायोजन सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 1099 पटक हेरिएको

हाइलाइट्स

  • अध्यक्ष जीवन राम श्रेष्ठ र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरुका प्रमुख प्रदीप न्यौपानेबीच सम्झौता पत्रमा हस्ताक्षर
  • १७ खेलाडी तथा प्रशिक्षक र १९ अन्यलाई गरि  २० लाख बराबरको खेल सामग्री

स्पेनिस ब्राण्ड केल्मीले नेपाली ओलम्पिक टोलीलाई प्रायोजन गरेको छ । 
शुक्रबार नेपाल ओलम्पिक कमिटि सातदोबाटोमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिले केल्मीसँग प्रायोजन सम्झौतामा गरेको छ ।

ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरुका प्रमुख प्रदीप न्यौपानेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै केल्मीले कमिटिलाई १७ खेलाडी तथा प्रशिक्षक र १९ अन्यलाई गरि  २० लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ ।

अब टोकियो ओलम्पिकमा नेपाली टोलीले केल्मीको खेल पोशाक प्रयोग गर्ने छन् ।

नेपालबाट पाँच खेलाडीले टोकियो ओलम्पिक खेल्ने तय भईसकेको छ ।

सम्झौतापछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिदै केल्मीसँगको सम्झौता दीर्घकालीन हुने र नेपाली खेलकुदलाई अझै व्यवशाहिकता तर्फ लाने विश्वास व्यक्त गरे ।

कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोशाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey