सोनिया भट्टले पाइन् ‘वाइल्ड कार्ड’ ओलम्पिक खेल्ने पक्का 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 1708 पटक हेरिएको

नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ ।

टोकियो ओलम्पिकका लागि उनले ‘वाइल्ड कार्ड’ प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

१३ औं दक्षिण एशियाली खेलकुद सागमा उनले कास्य पदक जितेकी थिइन् ।

जुलाई २३ देखि अगस्ट पाँच तारिखसम्म आयोजना हुने टोकियो ओलम्पिकमा अहिलेसम्म पाँच जना खेलाडीले खेल्ने पक्का पनि भएको छ । 

एथ्लेटिक्सका गोपीचन्द्र पार्की, पौडीकी गौरिका सिंह र एलेक्स शाह पहिला नै ओलम्पिकका लागि छनोट भएका थिए भने केही समय अघि सुटिङकी कल्पना परियारले वाइल्ड कार्ड पाएकी थिइन् ।
 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey