हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 905 पटक हेरिएको

नेपालमा एन्ड्रोइड तथा आईओएस फोन प्रयोगकर्ताका लागि लोकप्रिय तथा अभिन्न अंग जस्तै रहेको एप हाम्रो पात्रोको व्यवस्थापकिय प्रमुखमा सुदिना गौतम नियुक्त भककी छिन् ।

यसअघि प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा बढुवा गरिएको हाम्रो पात्रोको व्यवस्थापन पक्षले जनाएको छ । उनी २०७० सालदेखि प्रशासन प्रमुख रहेर काम गर्दै आएकी थिइन् । 

यसैगरी हाम्रो पात्रोका लागि सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधि एबम् सम्पर्क व्यक्ति रहेको पनि हाम्रो पात्राले निकालेको विज्ञप्तिमा जनाइएको छ । 

हाम्रो पात्रो विशुद्ध दैनिक जनजीवनसँग जोडिएका तिथी मिति देखि पर्वसहित समाचार र सूचना उपलव्ध गराउने एप हो । 

May be an image of phone, screen and text
यसमा नेपालका विश्वसनीय सञ्चारमाध्यमहरुका समाचारहरु पढ्न पाइने ब्यवस्था रहेको छ । यसैगरी रेडियो सुन्न, भिडियो हेर्न सकिने सुविधा रहेको छ भने पछिल्लो समय यसैमार्फत अन्य सामाजिक सञ्जालको जसरी च्याट (कुराकानी) गर्न मिल्ने सुविधा पनि थप गरिएको छ ।

May be an image of 1 person and text that says 'राम्रो *पात्रो HAMRO H MESSAGE अडियो कल, भिडियो र च्याटको मज्जा लिडँ हाम्रो पात्रोको हाम्रो म्यासेजमा'

साथै हाम्रो पात्रोमा आबद्ध सञ्चारमाध्यमहरुलाई सम्झौता पुनः नविकरणका लागि पनि अनुरोध गरेको छ ।

हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने व्यवस्थापक पक्षले प्रतिवद्धता पनि जनाएको छ ।

May be an image of phone and text

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey