क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 2220 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित हुने सम्भावना रहेको छ ।

आईसीसीले स्पेनमा आयोजना हुने विश्वकप क्रिकेट लिग टू अन्तर्गतको नेपाल, नामेविया र स्कटल्याण्ड सम्मिलित सिरिज कोरोना महामारीका कारण स्थगित गरेपछि नेपाली टिमको बन्द प्रशिक्षण पनि प्रभावित हुने सम्भावना बढेको हो ।

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबारदेखि प्रशिक्षण शुरु गरेको थियो ।

विहीबार आईसीसी र क्यान दुवैले प्रतियोगिता स्थगित भएको जानकारी दिएका छन् ।

उक्त सिरिजका लाग नेपाली टिममा रहेका १९ जना खेलाडीहरुले प्रशिक्षण शुरु गरेका थिए ।

क्यान स्रोतका अनुसार अहिलेको अवस्थामा प्रतियोगिता नहुने भएपछि बन्द प्रशिक्षणको औचित्य नभएको र त्यस विषयमा आज निर्णय हुन सक्ने जनाइएको छ ।

तर, आजको अभ्यासको तालिका भने रहेको जनाइएको छ । 

नामिबिया क्रिकेट टिमका खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण   देखिएको कारण देखाउँदै आईसीसीले सिरिज आगामी २०२२ जुलाई सम्मका लागि स्थगित गरेको छ ।

स्थगित नभएको भए साउन ५ बाट स्पेनमा शुरु भएर १५ साउनमा सकिने तय थियो ।

यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज गर्ने निर्णय भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey