फरक प्रतियोगिता र बलियो विपक्षीविरुद्ध राम्रो गर्न तयारीपनि कडा गर्नुपर्छ-ह्वाटमोर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 2082 पटक हेरिएको

हाइलाइट्स

नेपाली टिमले अघिल्लो पटकको भन्दा फरक फरम्याटको तयारी गर्नुपर्ने, त्यसका लागि केहि बढि मेहेनत गर्नुपर्ने र यो फरम्याट केहि लामो भएकाले पनि फरक तरिकाको योजना बनाउनुपर्ने प्रशिक्षक डेभ ह्वाटमोरले बताए । 

नेपाली क्रिकेट टिमले आजबाट औपचारिक रुपमा स्पेनमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजको तयारी सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणपनि नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिज आफुहरुका लागि परिक्षणको अवधि रहेको र एसोसियट देशमा अगाडी बढ्ने हो भने हामीले स्कटल्याण्ड र नामिबियालाई पराजित गर्नुपर्ने बताए । यसका साथै उनले नेपालको जहिले पनि संभावना बलियो हुने गरेपनि त्यसलाई आत्मसाथ गर्न चुकेको बताए । 

यसपटक स्पेनमा हुने सिरिज नेपाली टिमका लागि चुनौतीले भरिएको र टिमको तयारीपनि मौसमले गर्दा केहि कठिन हुने हो की भन्ने चिन्ता रहेको धारणा राखे । 

नेपालले ५० ओभरको खेल नखेलेको लामो समय हुँदा फेरी टिमलाई बलियो बनाउन त्यहि अनुसारको योजना बनाउनुपर्ने बताए । टी २० मा नेपाली टिमले राम्रो गरेपनि यो फरक विधाको खेल भएको र यसका लागि तयारी पनि फरक किसिमले गर्नुपर्ने बताए । 

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पनि यो सिरिजका लागि आफुहरुलाई कडा मेहेनत गर्ने बताए । 

नेपाली टिमले अघिल्लो पटकको भन्दा फरक फरम्याटको तयारी गर्नुपर्ने, त्यसका लागि केहि बढि मेहेनत गर्नुपर्ने र यो फरम्याट केहि लामो भएकाले पनि फरक तरिकाको योजना बनाउनुपर्ने प्रशिक्षक डेभ ह्वाटमोरले बताए । 

अहिलेको मौसम अनुसार आफुहरुले तयारी गर्नुपर्ने र केहि प्रशिक्षण केहि घण्टामा सिमित पनि हनुसक्ने भएकाले त्यहि अनुसारको योजना बनाउनुपर्ने धारणा राखे । 

हामी यसपटक फरक कन्डिसन र फरक विपक्षीसँग खेलिरहेको र दुबै बिपक्षी बलियो रहेकाले पनि तयारी राम्रो गर्नुपर्ने बताए । हामीले अरु टिमलाई पनि नेपालको कस्तो छ भन्ने देखाउनुपर्ने र त्यसका लागि आफ्नो क्षमता अनुसार खेलेको खण्डमा लक्ष्य हासिल गर्न सकिने बताए । 

नेपाली टिममा अनुभवी खेलाडी फर्किदा राम्रो प्रभाव पर्नेमा विश्वास रहेको बताए । टिममा नयाँ खेलाडीलाई मौका दिन क्रम जारी रहेको तर अहिले केहि क्षमता भएका खेलाडीलाई टिम बाहिर रहेपनि उनीहरुले पनि भविष्यमा अवसर पाउने बताए ।

नेपाल स्कटल्याण्ड र नामिबियासम्मिलित सिरिज जुलाई २० देखि ३० तारिखसम्म हुनेछ । यो सिरिज अगाडी क्यानले टिमलाई बैदेशिक प्रशिक्षणमा पठाउने भनेपनि कहाँ भन्ने टुंगो लागिसकेको छैन । 
नेपालमा बर्षा सिजन सुरु भएपनि खेलाडीले खुल्ला रुपमा आउटफिल्डमा प्रशिक्षणमा कठिनाई हुने देखिएको छ । त्यसैले पनि टिमलाई तयारीका लागि बाहिर पठाउने योजना बनाएको हो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey