इंग्ल्याण्ड चिलवेल र माउन्ट सेल्फ आइसाेलेसनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1184 पटक हेरिएको

हाइलाइट्स

स्कटल्याण्डका बेली गिलमोरलाई कोरोना पोजेटिभ देखिएपछि उनले इंग्ल्याण्डविरुद्ध अंकमाल गरेका माउन्ट र बेललाई सेल्फ आइसोलेट हुनका लागि भनिएको हो । 

इंग्ल्याण्डका म्यानेजर गारेथ साउथगेटले आफ्ना दुई खेलाडी बेन चिलवेल र मासोन माउन्टलाई सेल्फ आइसोलेसनमा बस्नका लागि निर्देशन दिएका छन ।

स्कटल्याण्डका बेली गिलमोरलाई कोरोना पोजेटिभ देखिएपछि उनले इंग्ल्याण्डविरुद्ध अंकमाल गरेका माउन्ट र बेललाई सेल्फ आइसोलेट हुनका लागि भनिएको हो । 

शुक्रबार राती भएको खेलमा स्कटल्याण्डका बेलीलाई कोरोना पोजेटिभ देखिएपछि १० दिनको क्वारेन्टिन बस्न भनिएको छ । अब उनले अंकमाल गरेका माउन्ट र चिलवेलले पनि क्वारेन्टिन बस्नुपर्ने भएको हो । 

दुबैले अब समुहको अन्तिम खेल गुमाउने भएका छन । इंग्ल्याण्डले मंगलबार राति चेक गणतन्त्रसँग खेल्नेछ । यसका साथै उनीहरुले अर्को साता सुरु हुने नकआउट चरणको खेलपनि गुमाउने संभावना बढेको छ ।

यो विषयमा इंग्ल्याण्डको पब्लिक हेल्थले फुटबल संघसँग कुरा गरिरहेको छ । इंग्ल्याण्ड टिमले सामेबार विहान प्रशिक्षण गरेपछिमात्र स्कटल्याण्डका खेलाडीमा कोभिड देखिएको भन्ने थाहा पाएको र अहिलेको अवस्थामा अब के गर्ने भन्ने विषयमा केहि टुंगो हुन नसकेको बताए ।

तर अहिलेका लागि बेलीसँग क्लोज कन्ट्याक्ट हुने दुई खेलाडीलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको बताएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey