समुह सी काे विजेता बन्दै नेदरल्याण्ड्स युराे कपकाे अन्तिम १६ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1057 पटक हेरिएको

हाइलाइट्स

 समुहको अन्तिम खेलमा नेदरल्याण्ड्सले पहिलो पटक युरोकप खेलिरहेको नर्थ मेसोडोनियालाई तीन शुन्यले हरायो । 

नेदरल्याण्ड्स युरो कपको समुह सी बाट विजेताका रुपमा युरोकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । समुहको अन्तिम खेलमा नेदरल्याण्ड्सले पहिलो पटक युरोकप खेलिरहेको नर्थ मेसोडोनियालाई तीन शुन्यले हरायो । 

यो जितपछि नेदरल्याण्ड्सले लगातार तीन खेलमा नौ अंक बनाउँदै नकआउट चरणमा पुगेको छ । एकतर्फि जस्तो बनेको खेलको दोस्रो मिनेटमा नै नेदरल्याण्ड्सले राम्रो अवसर पाएको थियो । तर उसका ग्राभनेब्रिचको प्रहार पोष्टको माथिबाट बाहिरीयो । 

खेलको १० औं मिनेटमा नर्थ मेसोडोनियाले खेलमा अग्रता बनाएको थियो । उसका लागि ट्रच्कोभोस्कीले गोल गरेपछि रेफ्रीले भिएआरको सहायताले अफसाइड दिए । २२ औं मिनेटमा फेरी मेसोडोनियाले अर्को अवसर सिर्जना गरेको थियो । यसपटक ट्राज्कोभ्स्कीले २० यार्डबाट प्रहार गरेको बल पोष्टको नजिकबाट बाहिरीयो । 

खेलको २४ औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता बनायो । उसका लागि डिपेले गोल गर्न सफल भए । त्यसपछि दुबै टिमबाट खासै राम्रो मुभ बन्न सकेन र पहिलो हाफमा नेदरल्याण्ड्स एक शुन्यको अग्रता बनाउन सफल भयो । 

दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले आक्रामक खेललाई जारी राखेको थियो । जसका कारण खेलको ५१ औं मिनेटमा उसले खेल दुई शुन्यमा पुर्यायो । उसका लागि विज्नाल्डमले गोल गर्न सफल भए । उनले डिपेले डिबक्समा मिलाएको बललाई गोलमा परिणत गरे । 

त्यसपछि खेलको ५९ औं मिनेटमा खेल तीन शुन्यको अवस्थामा पुर्यायो । यसपटक पनि उसका लागि विज्नाल्डमले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । 

खेलको ६९ औैं मिनेटमा पान्डेभलाई मैदान बाहिर सब्सिच्युटका रुपमा निकालेसँग उनले आफ्नो करियरबाट विश्राम लिएका छन । मेसेडोनियाका लागि २० बर्षको करियर उनले योसँगै समाप्त गरेका छन । 

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेनर नेदरल्याण्ड्सले तीन शुन्यको सहज जित निकाल्दै अन्तिम १६ मा पुुग्यो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey