नेपालले स्पेनमा खेल्ने त्रिकाेणात्मक सिरिज जुलाई २० बाट सुरु हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1629 पटक हेरिएको

हाइलाइट्स

त्रिकोणात्मक सिरिज जुलाईको २० बाट ३० तारिखसम्म हुने भएको छ । 

स्पेनमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गन नेपाल, स्कटल्याण्ड र नामिबियाविचको त्रिकोणात्मक सिरिज जुलाईको २० बाट ३० तारिखसम्म हुने भएको छ । 

स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने सिरिज पहिलो अन्तराष्ट्रिय सिरिज हुनेछ । प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी रहेको छ । नेपालले करिव १८ महिनापछि लिग टु को सिरिज खेल्न लागेको हो ।

यो सिरिजका लागि नेपाली टिमले मंगलबारबाट प्रशिक्षण सुरु गर्नेछ । नेपालले अन्तिम पटक घरेलु मैदानमा ओमान र अमेरीकासँग सिरिज खेलेको थियो । त्यसपछि ओमानमा हुने भनिएको सिरिज कोभिडका कारण स्थगित भएको थियो । 

यो सिरिजका लागि नेपाली टिमले २० खेलाडी प्रशिक्षणमा बोलाएकोमा पृथु बास्कोटाले भने नाम फिर्ता लिएका छन । जसका कारण १९ खेलाडी क्याम्पमा रहेका छन । उनको स्थानमा अर्को खेलाडीको टुंगो लगाउन बाँकी रहेको छ ।  

लिग टु को शिर्ष तीनमा रहने टिमले २०२३ को एकदिवसिय विश्वकपको छनौट खेल्न पाउनेछ । 

क्याम्पमा बाेलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, विक्रम सोब, पवन सरार्फ, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey