डेब्यु खेलाडी स्नेह राणा र तानियाको पारिले महिला टेस्टमा भारतलाई जोगायो 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०६
  • |
  • 1103 पटक हेरिएको

भारतीय महिला टिमले ब्रिस्टलमा इंग्ल्याण्डविरुद्धका टेस्ट क्रिकेट बराबरीमा सकेको छ ।

पहिलो टेस्ट खेलेकी अलराउण्डर स्नेह राणाले नटआउट ८० र तानिया भाटियाले नटआउट ४४ रनको मद्दतले १०४ रनको नवौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारीले भारतलाई बराबरी गर्न पर्याप्त बन्यो । इंग्ल्याण्डले पहिलो पारि समाप्तिमा ९ विकेट गुमाएर ३९६ रनमा घोषणा गरेको थियो । 

जवाफमा भारतीय पारि २३१ रनमा समेटिएपछि फ्लो अनमा परेको थियो । फ्लो अनमा भारतीय टिमका शुरुवाती खेलाडीले राम्रो प्रदर्शन गरे पनि मध्यक्रम फेरि फ्लप भएको थियो । तर अन्तिममा राणा र भाटियाको नटआउट १०४ रनको साझेदारीले भारतको हार टारिएको हो  । भारतले दोस्रो पारिमा ८ विकेट गुमाएर ३४४ रन बनाएको थियो ।

भारतका लागि पाँच खेलाडी टेस्टमा डेब्यु गरेका थिए । जसमा स्नेह, तानिया, दीप्ति शर्मा र शेफाली बर्मा रहेका छन् । स्ेनह र तानियाले भारतको नाममा रहेको नवौं विकेटको ९० रनको साझेदारी तोडेका हुन् । १९८६ मा इंग्ल्याण्डविरुद्ध शुभांगी कुलकर्णी र मणिमला सिंघलले बनाएका थिए । 

स्नेहले आफ्नो पारिमा १५४ बल फेस गर्दा १३ चौका प्रहार गर्दा तानियले ६ चौका प्रहार गरिन् ।  इंग्ल्याण्डकी सोफी एक्लेस्टोनले दुवै पारिमा गरि चार चार विकेट लिँदा हिथर नाइट र नेट स्किवरले दुुबै पारिमा तीन तीन विकेटमाथि कब्जा गरिन् ।

भारतले  एक विकेट ८३ रनबाट अघि खेल्न शुरु गरेकोमा लन्चसम्म तीन विकेट गुमाएर १७१ रन बनाएको थियो । जसमा दिप्ती शर्माले ५४ रनको पारि खेल्दा पुनम राउतले ३९ रनको योगदान गरिन् ।

लन्चपछि भारतले चार विकेट तत्कालै गुमाएको थियो । त्यतिबेला जम्मा टिमको खातामा २८ रन जोडेको थियो । डेब्यु गरेकी शिखा पान्डे १८ रन बनाउँदै आठौं विकेटको रुपमा आउट भएकी थिइन् ।

दोस्रो इनिङमा कप्तान मिताली राज ४ रुन बनाएर आउट हुँदा टिमको स्कोर ५–१७५ भएको थियो । उत्कृष्ट फर्ममा रहेकी राउत पनि स्क्वायर लेगमा क्याच आउट हुन पुगेकी थिइन् । पुजा बस्त्राकर १२  रनमा आउट भएकी थिइन् । उप कप्तान हरमनप्रितको दोस्रो पारि पनि सम्झन लायक रहेन । 

भारतका लागि ओपनर खेलाडी शेफाली बर्मा ६३ रनमा आउट भएकी थिइन् । पहिलो दिन उनले ५५ रन बनाएकी थिइन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey