टेस्ट क्रिकेटमा धोनीको कीर्तिमान कोहलीको नाममा सर्‍यो 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०५
  • |
  • 838 पटक हेरिएको

हाइलाइट्स

  • सर्वाधिक सफल कप्तान  ग्रीम स्मिथ   
  • रिकी पाेन्टिङ
  • स्टीव वा 
  • विराट काेहली 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पूर्व कप्तान महेन्द्र सिंह धोनीको रेकर्डलाइ पछि पारेका छन् ।

भारतीय टिम अहिले न्यूजिल्याण्डसँग पहिलो पटक आईसीसीले आयोजना गरेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलिरहेको छ । 

पहिलो दिनको खेल टस पनि नभई वर्षाले प्रभावित भएपछि आज खेल शुरु भएको हो ।

टस गर्नका लागि मैदान उत्रिए लगत्तै कप्तान कोहलीले भारतका लागि सर्वाधिक टेस्ट कप्तानी गर्ने रेकर्ड आफ्नो नाममा पारेका हुन् ।

सन् २०१४ देखि भारतीय टेस्ट टिमको कप्तानी गरेका कोहलीले ६१ टेस्ट म्याचमा कप्तानी गरेका हुन् ।

 उनले ६१ टेस्टमा कप्तानी गर्दा कुल क्याप्टेन धोनीले भारतका लागि ६० खेलमा कप्तानी गरेका थिए । 

धोनी २००८–२०१४ सम्म कप्तान रहेका थिए । उनको कप्तानीमा भारतले २७ म्याच जित्दा १८ म्याच हारेको थियो भने १५ म्याच बराबरी भएको थियो ।

उता विराटले अहिलेसम्म ३६ म्याचमा जित हात पार्दा १४ म्याचमा पराजित भएका छन् भने १० म्याच बराबरी भएका छन् ।

यस्तै, कप्तानी कोहलीले घरेलु भुमीमा १० टेस्ट सिरिज  जित्दै अर्को रेकर्ड पनि बनाएका छन् ।

यो रेकर्ड अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङसँग बराबरीमा रहेको छ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey