पाेर्चुगल र जर्मनी बिचकाे भिडन्तमा राेनाल्डाे अर्काे रेकर्डकाे संघारमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1671 पटक हेरिएको

हाइलाइट्स

आजको खेलमा रोनाल्डोले एक गोल गरेको खण्डमा जर्मनीका मिरोस्लाभ क्लोसको १९ गोलको रकेर्डलाई बराबरी गर्नेछन । विश्वकप र युरोकप गरेर क्लोसले १९ गोल गरेका छन भने रोनाल्डोको १८ गोल पुगिसकेको छ । 

युरोकप फुटबलमा आजराति साविक विजेता पोर्चुगलले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट सुरु हुनेछ । पहिलो खेलमा फ्रान्ससँग एक शुन्यले पराजित भएको जर्मनीका लागि आजको खेल जित्नेपर्ने दबाव छ । यता पहिलो खेलमा हंगरीलाई तीन शुन्यले हराएको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल लगातार दुई जितका साथ नकआउट चरणमा पुग्ने चाहनामा छ । 
पछिल्ला सात खेलमा अपराजित रहँदै आएको पोर्चुगलको लयलाई तोड्ने लक्ष्यमा जर्मनी रहेको छ । किनकी पोर्चुगल जर्मनीविरुद्ध पछिल्ला चार खेलमा एक खेलपनि जित्न सकेको छैन । 

आजको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि नयाँ रकेर्ड बनाउने सुनौलो अवसर रहेको छ । आजको खेलमा जर्मनीका लुकास कोल्सटेरमनले खेल्ने छैनन् । उनी थाईको चोटका कारण प्रशिक्षणमा सहभागि भएका छैनन् । यता पोर्चुगलका डिफेन्डर नुनो मेन्डिसपनि आजको खेल खेल्ने संभावना कम छ । 

जर्मनीले पोर्चुगलविरुद्ध सन् २००६ को विश्वकप, २००८ को युरोकप, २०१२ को युरोकप र २०१४ को विश्वकपमा हराएको थियो । यी दुई टिम पाँचौं पटक खेल्न लागेका हुन । यसअघि इटली र स्पेन पाँच भन्दा बढि खेलमा खेलेका थिए । 

पछिल्ला पाँच खेलमा पोर्चुगल र जर्मनी खेल्दा १७ गोल भएका छन । जर्मनीविरुद्ध रोनाल्डोले तीन सय ६० मिनेटमा २३ वटा प्रहार गर्दा चार गोल गरेका छन । 

यता जर्मनीका थोमस मुलर पोर्चुगलविरुद्ध ह्याट्रिक गर्ने खेलाडी हुन । पोर्चुगलले खेलको पछिल्ला ३० खेलमा दुई खेल हारेको छ । जसमा १९ खेल जितेको छ भने नौ बराबरी खेलेको छ । उसले ६७ गोल गर्दा १९ गोल खाएको छ । 

मुख्य प्रतियोगितामा जर्मनीले पछिल्ला चार खेलमा तीनमा हार ब्यहोरेको छ । आजको खेलमा रोनाल्डोले एक गोल गरेको खण्डमा जर्मनीका मिरोस्लाभ क्लोसको १९ गोलको रकेर्डलाई बराबरी गर्नेछन । विश्वकप र युरोकप गरेर क्लोसले १९ गोल गरेका छन भने रोनाल्डोको १८ गोल पुगिसकेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey