युरो २०२० मा स्वीडेन विजयी 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 1015 पटक हेरिएको

हाइलाइट्स

  • स्लाेभाकिया १-० गाेल अन्तरले पराजित 
  • ७७ औं मिनेटमा पेनाल्टीमार्फत गाेल 

युरो २०२०मा स्वीडेनले पहिलो जित निकालेको छ ।

जितका साथ तीन अंक थप्दा स्वीडेनले २ खेलबाट चार अंक बनाउँदो समूह ईको शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा स्वीडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पराजित भएको स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यो समूहमा रहेको स्पेनले एक अंक जोडेको छ भने पोल्याण्डले खाता खोलेको छैन ।

सेन्ट पिटर्सबगमा भएको खेलमा स्वीडेनलाई जिताउनका लागि इमिल फोसबर्गले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्वीडेनले ७७ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

स्वीडेनका रबिन क्वेसनलाई स्लोभाकियाका गोल किपर मार्टिन डुब्राभ्काले फल गरेपछि पेनाल्टी दिइएको थियो ।

Image

उक्त पेनाल्टीलाई इमिलले गोलमा परिणत गर्दै स्वीडेनलाई जित दिलाए ।
 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey