नेदरल्याण्ड्स युरो २०२० को नकआउट चरणमा प्रवेश

अस्ट्रिया २-० गाेल अन्तरले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 932 पटक हेरिएको

नेदरल्याण्ड्स युरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

विहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै समूह सीबाट  लगातार दोस्रो जितका साथ अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा डच टोलीलाई जिताउनका लागि मेम्फिस डिपे र डम्पफ्राइजले एक एक गोल गरेका थिए ।

यो खेलमा १२ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति पनि दिइएको थियो । अस्ट्रियाका डेभिड अलावाले डच विङगर डेन्जल डम्पफ्राइजलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा मेम्फिस डिपेले  ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पछिल्लो दुई संस्करणमा नकआउट चरण पुग्न नसकेको नेदरल्याण्ड्स सन् २००८ पछि पहिलोपल्ट अन्तिम १६ मा प्रवेश पाएको छ । पहिलो हाफमा एक गोल गरेको नेदरल्याण्ड्सले दोस्रो हाफमा अर्को गोल थपेको थियो । ६७ औं मिनेटमा डम्पफ्राइजले गोल गरेपछि सहज जित निकालेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey