बीसीसीआईले डेकेन चार्जर्सलाई ४८ सय कराेड जरिवाना तिर्न नपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 896 पटक हेरिएको

हाइलाइट्स

सन् २०१२ मा बीसीसीआईले डेकेन चार्जससँगको सम्झौता रद्द गरेको थियो । त्यसमा बोर्डले बैंक ज्ञारेन्टी मार्फत एक सय करोड भारतीय रुपैयाँ जम्मा नगरेको बताएको थियो । जसका कारण सो टिमले मुम्बई हाईकोर्टमा उजुरु दिएको थियो । 

भारतीय क्रिकेट बोर्डलाई मुम्बई हाईकोर्टले ठूलो राहत दिलाएको छ । आइपीएलको पूर्व फ्रेन्चाइजी टिम डेकेन चार्जर्सले बीसीसीआईलाई चार हजार आठ सय करोड रुपैयाँ जरिवाना माग गरेर कोर्टमा मुद्दा हालेको थियो । 

सन् २०१२ मा बीसीसीआईले डेकेन चार्जससँगको सम्झौता रद्द गरेको थियो । त्यसमा बोर्डले बैंक ज्ञारेन्टी मार्फत एक सय करोड भारतीय रुपैयाँ जम्मा नगरेको बताएको थियो । जसका कारण सो टिमले मुम्बई हाईकोर्टमा उजुरु दिएको थियो । 

त्यसपछि सन् २०१९ मा त्यो बेलाका जस्टिस सीके ठक्करले बीसीसीआईले डेकेनलाई चार हजार आठ सय भारतीय रुपैयाँ जरिवाना दिनुपर्ने फैसला सुनाएको थियो । त्यो निर्णयविरुद्ध बीसीसीआईले हाईकोर्टमा अपिल गरेको थियो । 

तर मुम्बई हाइकोर्टले अहिले त्यसलाई बदर गरेको छ । यसअघि सन् २०११ मा पनि आइपीएलको पूर्व टिम कोची टस्कर्स केलसँग पनि यस्तै घटना भएको थियो । त्यो बेला टिमले एक सय ५६ करोड भारतीय रुपैयाँ बैंक ज्ञारेन्टी नदिएको भन्दै आइपीएल खेल्नबाट निलम्बित गरेको थियो ।

त्यो बेला अदालतमा जाँदा बीसीसीआईलाई आठ सय ५० करोड भारतीय रुपैयाँ जरिवाना भर्न भनेको थियो । त्यो फैसलाविरुद्ध पनि बीसीसीआईले हाईकोर्टमा चुनौती दिएको थियो । 

डेकेनले सन् २००८ र २०१२ मा आइपीएल खेलेको थियो । जसमा उसले सन् २००९ मा उपाधि जितेको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey