अन्तिम १६ मा पुग्ने लक्ष्यमा बेल्जियम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 768 पटक हेरिएको

हाइलाइट्स

आजको खेल भावनात्मक रुपमा पनि आफ्नो टोलीका लागि कठिन रहेको प्रशिक्षक कास्परको भनाइ छ । डेनमार्कलाइ नकआउट चरणको संभावना कायमै राख्न फिफा वरियताको पहिलो स्थानको टिम बेल्जियमलाइ हराउनु पर्नेछ । बेल्जियमले भने पहिलो खेलमा रुसलाइ तीन शुन्य गोलले पराजित गरेको थियो ।

युरोकपमा आज समुह बी मा रहेका डेनमार्क र बेल्जियम बीच प्रतिस्पर्धा हुदैछ । डेनमार्क आफ्ना  स्ट्राइकर क्रिस्टियन एरिक्सनलाइ कार्डियाक अरेस्ट भएपछि पहिलो खेल खेल्दैछ । 

कोपेनहेगन स्थित पार्केन स्टेडियमा हुने खेल नेपाली समय अनुसार राती पौने दश बजे सुुरु हुनेछ । डेनमार्क आफ्नो पहिलो खेलमा फिनल्यान्डसंग एक शुन्य गोलको हार बेहोरेको थियो । सोही खेलमा एरिक्सनलाइ कर्डियाक अरेस्ट भएपछि खेल एक घन्टा बढी रोकिएको थियो ।

पुन सुरु भएको खेलमा डेनिस टोली जीत हात पार्न असफल भयो ।  टिमले सामान्यता प्रतिस्पर्धाको एक दिन अघि खेल हुने स्थानमा अभ्यास गर्छन ।  तर डेनमार्कले बेल्जियम संगको खेल अघि एरिक्सनको घटना भएको   पार्केन स्टेडियममा अभ्यास गरेन् ।   केही खेलाडीले ट्रमा बाट बाहिर आउन स्टेडियम भ्रमण गरेको बताइएको छ । प्रशिक्षक कास्परले टोलीमा रहेका  मनोचिकित्सक र संकट ब्यबस्थापन टिमले खेलाडीलाइ ट्रमा बाट  निकाल्न सहयोग गरिरहेको बताएका छन ।

आजको खेल भावनात्मक रुपमा पनि आफ्नो टोलीका लागि कठिन रहेको प्रशिक्षक कास्परको भनाइ छ । डेनमार्कलाइ नकआउट चरणको संभावना कायमै राख्न फिफा वरियताको पहिलो स्थानको टिम बेल्जियमलाइ हराउनु पर्नेछ । बेल्जियमले भने पहिलो खेलमा रुसलाइ तीन शुन्य गोलले पराजित गरेको थियो ।

आज जीत हात पारे  उसले नक आउट चरणमा स्थान बनाउने छ । चोटग्रस्त मिडिफिल्डर  केभिन डि ब्रुयना पनि टिममा फर्किएका छन । बेल्जियमले , खेल सुरु भएको दश मिनेटमा बल  मैदान बाहिर पठाएर एरिक्सनलाइ  समर्पित गर्ने भएको छ । एरिक्सनको जर्सी नम्बर दश भएकाले दश मिनेटको समय छनेट गरिएको हो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey