बुद्धिचाल संघका पूर्व अध्यक्षको हृदयघातबाट निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 923 पटक हेरिएको

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघ (फिडे)का इथिक्स कमिटी सदस्य राजेशहरि जोशीको हृदयघातका कारण निधन भएको छ ।
नेपाल बुद्धिचाल संघका महासचिव हिराकाजी महर्जनका अनुसार हिजो साँझ जोशीलाई पाटन सुन्धारास्थित निवासमा हृदयघात भएपछि बीएण्डबी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
६५ वर्षीय जोशी लामो समय नेपालको बुद्धिचालमा सक्रिय रहे । फिडेको शक्तिशाली इथिक्स कमिटीमा दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा उनले दोस्रो लोकप्रिय मत ल्याएका थिए ।

पाँच सदस्यीय इथिक्स कमिटी फिडेमा सबैभन्दा शक्तिशाली मानिन्छ, जसले फिडेका अध्यक्षसमेतलाई कारबाही गर्ने हैसियद राख्छ ।

उनको छोरा बिदेशमा भएकाले आज साँझसम्म नेपाल आइपुग्ने र उनी आएपछि जोशीको अन्त्येष्टि गरिने महर्जनले जानकारी दिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey