जाेकाेचिभ फ्रेन्च ओपनकाे च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 240 पटक हेरिएको

 

फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन स्टार नोभाक जोकोभिचले जितेका छन् ।

पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस चिचिपासलाई पाँच सेटमा हराउँदै जोकोभिच उपाधि उचाले ।

विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६-७, २-६, ६-३,६-२ र ६-४ को सेटमा पराजित गरे । उनले दुई सेटले पछि परेको अवस्थामा कमब्याक गरेका थिए ।

जोकोभिचको करियरको यो दोस्रो  फ्रेन्च ओपनको उपाधि हो । यस अघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

सेमिफाइनलमा सर्वाधिक सफल खेलाडी रफायल नाडाललाई पराजित गरेका जोकोभिचले फाइनलमा जित्नका लागि निकै संघर्ष गर्नुपरेको थियो । फेडेररले प्रतियोगिताको विचमा नै छोडेपछि जोकोभिचलाई केहि सहज भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey