भारका कारण स्वीट्जरल्याण्ड र वेल्सले बराबरी खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 506 पटक हेरिएको

युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले एक एक अंकमा चित्त बुझाएका छन् ।

बाबु स्टेडियममा शनिबार भएको खेलमा समूह ए मा रहहेका स्वीट्जरल्याण्डले शुरुवाती अग्रता जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउन बाध्य भयो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

४९ औं मिनेटमा ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् ।

७४ औं मिनेटमा वेल्सले बराबरी गोल गरेको थियो । उसका लागि किफर मोरले गोल गर्दै वेल्सलाई खेलमा फर्काएका थिए ।

तर, ८७ औं मिनेटमा मारियो गार्भानिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई २–१ ले अघि बढाउन खोजेका थिए । भर्खरै मैदान प्रवेश गर्दै गोल गरेका गार्भानिको गोललाई रेफ्रीले भारको सहायताले अफसाइड करार गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey