युरोकपको उपाधि दाबेदार ६ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 1089 पटक हेरिएको

युरो कप फुटबल आजदेखि शुरु हुँदैछ । २४ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोतिामा हरेक समूहमा चार चार टिम रहेका छन् । फाइनल खेल ११ जुलाईमा बेम्ले रंगशाला इंग्ल्याण्डमा हुने छ । युरो कप शुरु भएसँगै उपाधिको दावेदार टिम को भन्ने अड्कलवाजी पनि शुरु भएको छ । यो पटक २०१८ मा विश्वकप जितेको फ्रान्स, डिफेन्डिङ च्याम्पियन पोर्चुगल, स्पेन, इटली र जर्मनीको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

उता, स्टार खेलाडीको बाहुल्यता रहेको बेल्जियम र इंग्ल्याण्डलाई अन्डर डग टिमको रुपमा हेरिएकोे छ । यो प्रतियोगितामा पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोबाट राम्रो अपेक्षा गरिएको छ ।

युरो कप जित्ने सम्भावित ६ टिमको विषयमा हामी जानकारी दिने प्रयास गरेका छौं ।

१. इटली

इटलीले पछिल्लो पटक १९६८ मा युरोकप जितेको थियो । त्यसपछि दोस्रो ट्रफी उचाल्न पाएको छैन । यो सिजन इटलीलाई दोस्रो पटक उपाधि जित्न सक्ने टिमका रुपमा आंकलन गरिएको छ ।

२०१६ मा युरो कपको क्वाटरफाइनलमा जर्मनीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको थियो । तर उक्त खेलमा इटली पेनाल्टी सुटआउटमा बाहिर भएको हो । निर्धारित समय एक एक गोलको बराबरी हुँद पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो । जसमा इटली ६–५ ले स्तब्ध हुन पुग्यो  ।

इटलीले सन् २००० र २०१२ को सिजनमा फाइनल खेले पनि उप विजेतामै सिमित हुन पुगेको थियो ।

इटली अहिले शानदार फर्ममा रहेको छ । युरोको क्वालिफायिङ राउण्डमा १० मध्य सबै खेल जित्दै शानदार प्रदर्शन गरेको थियो । इटलीले क्वालिफायिङ राउण्डमा अर्मेनियाबिरुद्ध ९–१ गोलको फराकिलो जित दर्ता गरेको थियो । जुन इटलीको ११ औं रेकर्ड जित पनि थियो ।

समूह चरणमा इटली ग्रुप एमा रहेको छ । उसको समूहमा टर्की, वेल्स र स्वीट्जरल्याण्ड रहेका छन् ।

कि प्लेयर  : निकोलो बरेला

इटलीका स्टार मिडफिल्डर निकोलो बरेला हुन् । प्रशिक्षक रोबर्तो मेनचिनीको सेटमा उनी महत्वपूर्ण खेलाडीको रुपमा रहने छन् । उनी इटालियन सिरी ए जित्ने टिम इन्टर मिलानका पनि महत्वपूर्ण खेलाडी हुन् । २४ वर्षिय बरेला उत्कृष्ट फर्ममा रहेका छन् ।

इटली टिम  :

फरवार्ड  : एन्ड्रिया बेलोत्ती, डोमेनिको बेरार्डी, सिरो इमोबिल, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी ।

मिडफिल्ड  : निकोलो बरेला, ब्रायन क्रिस्तान्ते, जोर्जिन्हो, मेनुअल लोकातेली, लोरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, मार्को बेरात्ती, फेडरिको बर्नार्डेस्की, फेडरिको चिएसा ।

डिफेन्स  : फ्रान्सेस्को एसरबी, एलेन्ड्रो बास्टोनी, लियानार्डो बोनुची, जर्जियो चेलिनी, जियोवानी डी लोरेन्जो, इमर्सन पामेरी, एलेसान्द्रो फ्लोरेन्जी, लियोनार्डो स्पिनजोला, राफेल तेलोई ।

गोल किपर  : जियानलुइगी डोनारुम्मा, एलेक्स मेरेत र सल्वातोर सिरिगु ।

म्यानेजर  : रोबार्टो मेनचिनी ।

२. फ्रान्स

सन् २०१८ को फिफा विश्वकप  जितेको फ्रान्सलाई यो सिजन युरो कपको प्रबल दाबेदार मानिएको छ ।

टिममा स्टार खेलाडीको खात नै लागेको छ । पोल पोग्बा, ओलिभर जिरुड, कीलियन एम्बाप्पे, एन्टोनिय ग्रीजम्यान, पावार्ड जस्ता धेरै स्टार खेलाडी रहेका छन् । फ्रान्स २०१६ मा पोर्चुगलसँग १–० गोल अन्तरले पराजित हुँदै युरो कप जित्नबाट बञ्चित भएको थियो । फ्रान्सले अहिलेसम्म २ पटक युरोकप जितेको छ । उसनले १९८४ र २००० मा उपाधि उचालेको थियो ।

फ्रान्सले १३ औं पटक युरोकप खेल्दै छ । १९९४ को विश्वकप पछि फ्रान्सले फिफाका हरेक प्रतियोगितामा क्वालिफायिङ गरेको छ । यसबीचमा पाँच पटक फाइनलमा पुग्दा तीन पटक उपाधि जितेको छ ।

युरोकपको क्वालिफायिङ राउण्डमा फ्रान्सले १० मध्य ८ खेलमा जित एक खेल बराबरी र एक खेलमा पराजय भोगेको थियो ।

प्रशिक्षक डिडियर डेसच्याम्पले फ्रान्सलाई १९९८ को विश्वकप र २००० को युरोमा कप्तानी गर्दै उपाधि दिलाएका थिए । उनी २०१२ मा फ्रान्स टिमको प्रशिक्षक बनेपछि २०१८ मा विश्वकप जिताएका थिए । अब उनका सामू प्रशिक्षक भएका बेला पनि युरो कप जित्दै कप्तान र प्रशिक्षक दुवै भूमिकामा विश्वकप र युरोकप जित्ने इतिहास बनाउने सुनौलो अवसर पनि रहेको छ ।

की प्लेयर  : एम्बाप्पे

आफ्नो स्पीड र ड्रिब्लिङका लागि विश्व फुटबल मानचिमा आफूलाई स्थापित गरेको एम्बाप्पे फ्रान्स टिमको महत्वपूर्ण सदस्य हुन् । उनको प्रदर्शन विपक्षी टिमका लागि टाउको दुखाई बन्न सक्छ ।

फ्रान्स टिम

फर्वाड  : विसम बेन यडर, करीम बेन्जेमा, उस्मान डेम्बेले, ओलिवर जिरूड, एन्टोनी ग्रिजमेन, कीलियन एमबाप्पे, मार्कस थुर्रम

मिडफील्डर  : किग्सले कोमान, एनगोलो कान्ते, थोमस लेमर, पौल पोग्बा, एड्रियन रुबियोट, मौसा सिसोको, कोरेन्तिन टालिसो ।

डिफेन्डर  : लुकास डिग्ने, लियो डुबाइस, लुकास हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, जूल्स कोन्डे, क्लेमेन्ट लेंगलेट, बेन्जामिन पावर्ड, राफेल वरान, कर्ट जूमा ।

गोलकीपर  : ह्यूगो लोरिस, माइक मेगनन, स्टीव मन्डन्डा ।

म्यानेजर  : डिडिएर डेसच्याम्प

फ्रान्स समूह एफमा रहेको टिम हो । यो समूहमा हंगेरी, पोर्चुगल र जर्मनी रहेका छन् ।

३. स्पेन

स्पेन युरोपको एउटा मात्रै यस्तो टिमहो जसले लगातार २ पटक युरोकप जितेको छ । उसले सन् २००८ र २०१२ मा युरोकप जितेको थियो । यसका साथै १९६४ मा पनि यो उपाधि जितिसकेको छ ।

२०१६ मा राउण्ड अफ सिक्सिटनमा इटलीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको थियो । त्यतिबेलाका खेलाडीहरुले सन्यास लिइसकेका छन् भने अहिले नयाँ खेलाडीको बाहुल्यता रहेको छ । पोर्चुगलविरुद्धको केही समय अघि भएको मैत्रीपूर्ण खेलमा युवा खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । पेड्रो, कोके र टिएगो जस्ता अनुभवि खेलाडी पनि रहेकाले स्पेनलाई चौथो पटक उपाधि दावेदारको रुपमा हेरिएको छ । क्वालिफायरमा स्पेने ८ खेल जित्दा दुई खेल बराबरी भएका थिए ।

की प्लेयर  : गेराड मोरेनो

गेराड मोरेनो अहिले शानदार फर्ममा रहेका छन् । उनी स्पेन टिमको की प्लेयर हुन् । ९ नम्बरको जर्सीमा मैदान उत्रने मोरेनोलाई रोक्न विपक्षीहरुलाई निकै चुनौती हुने छ ।

फरवार्ड  : अल्वेरो मोराटा, गेरार्ड मोरेनो, मिकेल ओयारजाबल, पेड्री ।

मिडफिल्डर   : टिएगो अलकतरा, सर्जियो बुसकेट्स, कोके, मार्कोस लोरेन्टे, डेनी ओल्मो, रोड्री, फेबियन रुइज, पाब्लो सरबिया, फेरान टोरेस, अदामा तोेरे ।

डिफेन्डर  : जोस गया, जार्डी अल्बा, पाउ टोरेस, आयमेरिक लापोर्टे, एरिक गार्सिया, डिएगो लोरेन्टे, सीजर एजपिलिकुएता ।

गोलकीपर  : डेविड डी गिया, उनाई साइमन, रोबर्ट सान्सेज ।

म्यानेजर  : लुइस एनरिके

समूह ईमा रहेको स्पेनले स्वीडेन, पोल्याण्ड र स्लोभाकियासँग समूह चरणमा प्रतिस्पर्धा गर्ने छ ।

४. पोर्चुगल

पोर्चुगल युरोकपो डिफेन्डिङ च्याम्पियन हो । पोर्चुगललाई उपाधि रक्षा गर्ने चुनौती पनि रहने छ । २०१६ मा फ्रान्सलाई उसकै मैदानमा १–० ले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको थियो ।

पोर्चुगिज टिममा क्रिष्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीहरु छन् । बुधबार मात्रै रोनाल्डोले आफ्नो देशका लागि इजरायलविरुद्ध १०४ औं गोल गरेका थिए । पोर्चुगलको टिमले २०१९ मा युक्रेनसँग पराजय भोगेको थियो ।

२०१४ मा फार्नान्डो सान्तोस प्रशिक्षक बनेपछि युरो कप वा नेसन्स लिगको क्वालिफायिङ र फाइनलमा भोगेको पहिलो पराजय थियो । पोर्चुगलले युरो कपको छनोट चरणमा भने ८ मध्य ५ खेलमा जित दुई खेलमा बराबरी र एक खेलमा पराजय भोगेको थियो । अहिले उत्कृष्ट फर्ममा रहेको पोर्चुगल स्पेनपछि लगातार दोस्रो पटक युरोकप जित्ने अभियानमा रहने छ ।

की प्लेयर  : रोनाल्डो

रोनाल्डो उत्कृष्ट फर्ममा रहेका छन् । इजरायलविरुद्धको गोलसँगै उनले देशका लागि १०४ औं गोल गरेका छन् । अहिले खेलिरहेका खेलाडीमध्य सर्वाधिक गोल गर्ने सूचीमा उनी शीर्ष स्थानमा रहेपनि समग्रमा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा स्थापित हुन रोनाल्डोलाई ५ गोलको आवश्यकता रहेको छ । युरोको छनोट खेलमा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो नै बनेका थिए ।

फरवार्ड  : जोआओ फेलिक्स, डिओगो जोटा, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्वा, राफा सिल्वा

मिडफिल्ड  : विलियम कार्वाल्हो, डेनिलो, ब्रुनो फर्नांडीस, गोन्कालो गेडेस, जोआओ मोटिन्हो, रूबेन नेव्श, सर्जियो ओलिवेरा, जोआओ पल्हिन्हा, पोटे, रेनाटो सान्चेस, बर्नार्डो सिल्वा

डिफेन्डर  : जोआओ केन्सेलो, रूबेन डियास, जोस फोन्टे, राफेल गुरेरो, नूनो मेन्डिस, पेपे, नेल्सन सेमेडो

गोलकीपर  : एन्थोेनी लोपेज, रुई पेट्रीसियो, रुई सिल्वा

म्यानेजर  : फर्नान्डो सान्तोस

पोर्चुगलसँगै समूह एफमा हंगेरी, जर्मनी र फ्रान्स पनि रहेका छन् ।

५. इंग्ल्याण्ड

सन् २०१८ मा फिफा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । यस पटक युरोकपको दाबेदारको रुपमा इंग्ल्याण्डको पनि चर्चा हुन थालेको छ । टिमले आफ्ना समूह चरणका सबै खेलहरु लण्डनको वेम्बली रंगशालामा खेल्ने छ ।

इंग्ल्याण्डका प्रशिक्षकमा साउथगेट आएपछि २३ मध्य २ वटा मात्रै म्याच हारेका छन् । इंग्ल्याण्ड स्पेन र डेनमार्कसँग मात्रै पराजित भएको छ । छनोटचरणमा ८ मध्य ७ खेल जित्दा एक खेलमा पराजय भोगेको थियो ।

इंग्ल्याण्डले अहिलेसम्म एक पटक पनि युरोकप जितेको छैन । १९६८ मा तेस्रो हुनु नै युरोकपको सर्वाधिक सफल स्थान हो । २०१६ मा आईसल्याण्डसँग २–१ ले पराजित भएपछि इंग्ल्याण्ड अन्तिम १६ बाट घर फर्किएको थियो । यसपटक इंग्ल्याण्डको टिममा पनि युवा र अनुभवि खेलाडीको समिश्रण रहेको छ ।

यस्तोमा पहिलो पटक युरोकप जित्न सक्ने टिमको रुपमा इंग्ल्याण्डलाई पनि हेरिएको छ । इंग्ल्याण्ड टिममा हेरि केनको प्रदर्शनमा पनि धेरै म्याचहरु प्रभावित हुने छन्  ।

की प्लेयर  : हेरि केन

३४ वर्षिय हेरि केन टोटनह्यामका स्ट्राइकर हुन् । उनले २०२०–२१ को क्लब सिजनमा ३३ गोल गर्द १७ गोलमा एसिस्ट गरेका थिए । युरोको छनोटमा उनले १२ गोल गरको थिए ।

फरवार्ड  : डोमिनिक केल्वर्ट–लेविन, हेरी केन, मार्कस रासफोर्ड, रहीम स्टर्लिंग, बकायो साका, जेडेन सान्चो, फिल फोडेन, ज्याक ग्रीलिश

मिडफील्डर  : जूड बेलिंगघम, जोर्डन हेन्डरसन, मेसन माउन्ट, केल्विन फिलिप्स, डेक्कन राइस

डिफेंडर  : बेन चिलवेल, कानर कोडी, रीस जेम्स, हेरी मागुइरे, टाइरोन मिग्स, ल्यूक शा, जोन स्टोन्स, कीरन ट्रिपियर, काइल वाकर, बेन व्हाइट

गोलकीपर  : डीन हेंडरसन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड

म्यानेजर  : ग्यारी साउथगेट

समूह डीमा रहेको इंग्ल्याण्डले शुरुमा क्रोएशिया, स्कटल्याण्ड र चेक रिपब्लिकसँग खेल्ने छ ।

६. बेल्जियम

विश्व वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियम टिम यो बर्ष युरोकपको प्रबल दावेदारको रुपमा रहेको छ । छनोट चरणका सबै १० खेल जितेको थियो । बेल्जियम २०१६ को युरोकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

वेल्ससँग ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको थियो । बेल्जियम टिममा केविन डी ब्रुइन, युरी तिलमान्स, इडेन हाजार्ड, रोमलू लुकाकु जस्ता खेलाडीहरु रहेका छन् । यस्तै, थिवाट कोर्टेइस जस्ता स्टार गोलकिपरको पनि वेल्जियम टिमलाई साथ रहेको छ । बेल्जियम १९८० मा उपविजेता भएको थियो ।

२०१६ मा रोबर्टो मार्टिनेज प्रशिक्षक बनेपछि बेल्जियमले राम्रो प्रदर्शन गर्दै आएको छ ।

की प्लेयर  : डी ब्रुइन

केभिन डी ब्रुइन टिमका महत्वपूर्ण खेलाडी हुन् । २०१९–२० को च्याम्पियन्स लिग सिजनमा मिडफिल्डर अफ द सिजन प िनबनेका थिए । उनले म्यानचेस्टर सिटीलाई फाइनलमा लैजान महत्वपूर्ण भूमिका खेलेका थिए । बु्रइनले यो सिजन ७ म्याचमा ३ गोल गर्दा ४ गोलमा असिस्ट गरेका छन् ।

फरवार्ड  : मिची बत्शुआई, क्रिस्टियन बेन्टेके, जेरेमी डोकु, ईडन हाजार्ड, रोमेलु लुकाकू, ड्रीस मन्र्टेस, लिएन्ड्रो ट्रोसार्ड

मिडफील्डर  : टिमोथी कास्टान्य, नासेर चेडली, यानिक करास्को, केविन डी ब्रुइन, लिएन्डर डेन्डोनकर, थोर्गन हाजार्ड, थोमस मुनिए, डेनिस प्रेट, यूरी तिलेमन्स, हेन्स वानाकन, एक्सेल विटसल

डिफेंडर  : टोबी अल्डरवीरल्ड, डेडरिक बोयाटा, जेसन डिनेयर, थोमस वर्माइलन, यान वर्टोन्घन

गोलकीपर  : थिबाट कोर्टोइस, सिमन मिन्योले, मेट्स सेल्ज

म्यानेजर  : रोबर्टो मार्टिनेज

बेल्जियम समहू बीमा रहेको टिम हो । यो समूहमा रुस, डेनमार्क र फिनल्याण्ड रहेका छन् ।

एजेन्सीकाे सहयाेगमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey