विश्वकप छनोटमा श्रीलंकाविरुद्ध कोरियाको फराकिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 385 पटक हेरिएको

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ का लागि भएको छनोट चरणको खेलमा दक्षिण कोरियाले चौथो जित निकालेको छ ।

अहिलेसम्म पाँच खेल खेलेको कोरियाले एक खेलमा मात्रै बराबरी गरेको थियो । समग्रमा कोरिया १३ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ

। बुधबार भएको खेलमा कोरियाले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गरेको हो । समूह एच अन्तर्गत कोरिया शीर्ष स्थानमा रहँदा ताजकिस्तान १० अंकसहित दोस्रो स्थानमा छ भने कीर्गिस्तान ७ अकंसहित तेस्रो स्थानमा रहेको छ । श्रीलंकाले खातानै नखोले पनि चौथो स्थानमा रहँदा प्रतियोगिताबाट नाम फिर्ता लिएको उत्तर कोरिया पुछारमा रहेको छ ।

श्रीलंकाविरुद्ध कोरियालाई जिताउनका लागि किम सिन उकले २ गोल गर्दा ह्वाङ इ चान, ली डियोङ जोङ र जोन साङ बिनले एक एक गोल गरेका थिए ।

१५ औं मिनेटमा किम सिन उकले गोल गर्दै कोरियालाई अग्रता दिलाए । २२ औं मिनेटमा ली डियोङ जोङले गोल गरेपछि कोरिया २–० को अग्रता बनायो । ४३ औं मिनेटमा किम सिन उकले व्यक्तिगत दोस्रो गोल गर्दा कोरियाले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । उनले पेनाल्टी मार्फत गोल गरेका हुन् ।

पहिलो हाफमा ३ गोल गरेको कोरियाले दोस्रो हाफमा २ गोल थपेको थियो । श्रीलंका दोस्रो हाफमा भने १० खेलाडीमा झरेको थियो । ५७ औं मिनेटमा श्रीलकाका असिकुर अलाद्दिन दोहोरो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

पहिलो हाफको अतिरिक्त मिनेटमा पहेँलो कार्ड पाएका उनले ५७ औं मिनेटमा अर्को पनि पहेँलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

५३ औं मिनेटमा ह्वाङ इ चानले गोल गरेका थिए भने टिमका लागि पाँचौं गोल ७७ औं मिनेटमा जोन साङ बिनले गरेका थिए । उनी ७२ औं मिनेटमा किम सिन वोकलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey