युराे कपकाे तयारीमा रहेकाे स्पेनका डिफेन्डर डिएगाे काेराेना संक्रमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 733 पटक हेरिएको

युरो कपको तयारीमा रहेको स्पेनको टिममा दोस्रो खेलाडीमा पनि कोरोना देखिएको छ । डिफेन्डर डिएगो लोरेन्टलाई कोरोना पोजेटिभ देखिएपछि यतिबेला पुरै टिम आइसोलेसनमा रहेर प्रशिक्षण गरिरहेको छ ।

युरो कपमा आफ्नो पहिलो खेल आउन पाँच दिन बाँकी रहेका बेला स्पेनको टिममा अर्को खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको हो । उसका कप्तान सर्जियो बुस्क्वेट्स पोजेटिभ भएको केहि दिनमा फेरी डिफेन्डर डिएगोलाई पनि संक्रमण देखिएको छ ।

बुधबार स्पेनीस फुटबल संघले अरु खेलाडीमा पनि संक्रमण देखिने संभावना रहेको समेत बताएका छन । पोजेटिभ देखिएका दुबै खेलाडीले टिम छोडेका छन । बाँकी खेलाडी भने प्रतियोगिताको तयारीमा ब्यस्त रहेका छन ।

बुस्क्वेट्स पोजेटिभ देखिएपछि पुरै टिम आइसोलेसनमा रहेको थियो । दुईमा परिक्षण गरेपछि टिम प्रशिक्षणमा फर्किएको थियो । तर पछिल्लो पटक डिएगोपनि पोजेटि देखिएपछि झन दबाव बढेको छ ।

सर्जियोलाई पोजेटिभ देखिएपछि स्पेनले थप पाँच जनालाई प्रशिक्षण क्याम्पमा बोलाएको थियो । यस्तैमा स्पेनले सबै खेलाडीलाई बुधबार भ्याक्सिन लगानुपर्ने बताएका छन ।

यता स्पेनीस फुटबल संघले कथमकदाचित पुरै टिमका खेलाडीलाई कोरोना पोजेटिभ देखिएको खण्डमा दोस्रो टिमलाई युरोकपमा खेलाउने तयारी गरेको छ । जसका लागि १७ खेलाडीलाई तयार पारेको जनाएको छ । उनीहरुलाई अहिलेबाट नै बबलमा राखेको बताएको छ ।

स्पेनले सोमबार समुह इ अन्तर्गत स्विडेनविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । यता स्विडेनको टिममा पनि दुई खेलाडीलाई कोरोना देखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey