आईएसएलमा चार भन्दा बढी विदेशी खेलाडी खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 640 पटक हेरिएको

एजेन्सी : भारतको सबैभन्दा ठूलो फुटबल लिग इन्डियन सुपर लिग आईएसएलका लागि नयाँ नियम सार्वजनिक गरिएको छ ।

नयाँ नियम अनुसार अब प्लेयिङ सेटमा ४ भन्दा बढी विदेशी खेलाडी समावेश गर्न पाइने छैन । यस्तोमा अब सात जना भारतीय खेलाडी नै हुनुपर्ने छ । प्रशिक्षक तथा खेलाडी छनोट गाइडलाइन परिवर्तन गरिएको हो ।

यो नियम अनुसार प्रतियोगिता हुँदा भारतीय खेलाडीको प्रदर्शनमा सुधार हुने र यसले राष्ट्रिय टिमलाई ठूलो फाइदा पुग्ने विश्वास गरिएको छ । पछिल्लो सिजनसम्म कुनै पनि टिमले ६ जनासम्म विदेशी खेलाडी प्लेयिङ सेटमा उतार्न पाएका थिए  र पाँच जना खेलाडीले खेल्न पाउने गरेका थिए ।

२०१४ मा शुरु भएको पहिलो सिजन ६ विदेशी र ५ भारतीय खेलाडी राख्न पाउने नियम रहेको थियो । २०१७–१८ मा कम्तिमा ६ जना भारतीय खेलाडीलाई मौका दिनुपर्ने नियम बनाइएको थियो । चार जना विदेशी खेलाडी राख्न पाउने नियम भने एएफसीको क्लब रेगुलेशनका आधारमा गरिएको हो ।

अब कुनै पनि क्लबले ६ जना विदेशी खेलाडीलाई मात्र अनुबन्ध गर्न पाउने छन् । यस्तोमा एक जना एएफसी नेशनको सदस्य देशका हुनुपर्ने छ भने फ्रेन्चाइजी फुटबलमा मार्की खेलाडी पनि खरिद गर्न पाइने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey