क्यानद्वारा खेलाडी वर्गीकरणमा ढिलाई : ३ महिनाको तलव गत सालकै आधारमा दिने तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 456 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको चैत २९ गते बसेको बोर्ड बैठकले मे १५ तारिखसम्म महिला र पुरुष खेलाडीको नयाँ वर्गीकरणको प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो ।

तर सो समितिले समयमा नै काम नसक्दा अहिले क्यानले तीन महिनाको खेलाडीको तलव यसअघिकै वर्गीकरणका आधारमा दिने भएको छ ।

क्यानको बैठकले २०२१ को जनवरी देखि तीन महिनाको तलव अघिल्लो वर्गीकरणका आधारमा दिने र बाँकी नौ महिनाको नयाँ बर्गिकरण गर्ने निधो गरेको छ । जसका लागि महिला र पुरुषमा १८–१८ खेलाडी समावेश गरिनेछन् ।

२०२० मा ६ महिनाका लागि भएको बर्गिकरणमा कुनमा को थिए ?

पुरुष खेलाडी

श्रेणी ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी

श्रेणी बी : सुशन भारी, पवन सराफ, आरिफ शेख, अभिनाश बोहरा, र ललितनारायण राजवंशी

श्रेणी सी : सुवास खकुरेल, रोहित पौडेल, राशिद खान, कमलसिंह ऐरी र सन्दिप जोरा

महिला खेलाडी

श्रेणी ए :  नेरी थापा, रुवीना क्षेत्री, सीता रानामगर, करुणा भण्डारी र इन्दु बर्मा

श्रेणी बी :  अप्सरी बेगम, ज्योती पाण्डे, रोमा थापा, कविता जोशी, सरस्वती चौधरी, सरिता मगर, रितु कनोजिया र काजल श्रेष्ठ

श्रेणी सी : अनुराधा जोशी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, ममता चौधरी, सुमन खतिवडा, कविता कुँवर र डली भट्ट

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीकाे मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक छ । यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ ।

महिलामा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् ।

क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठन भएको खेलाडी वर्गीकरण समितिमा सदस्य प्रशान्तबिक्रम मल्ल र सञ्जय राज सिंह रहेका छन् । समितिमा विशेषज्ञका रुपमा क्यानको क्रिकेट म्यानेजर विनोद दासलाई राखिएको छ । उनीहरुले वर्गीकरणको प्रतिवेदनको काम गरेपनि समयमा नै नसक्नु र बीचमा निषेधाज्ञा हुँदा काम सम्पन्न नभएपछि क्यानले पहिलेको वर्गीकरणका आधारमा खेलाडीलाई तीन महिनाको तलव दिने बताइएको छ ।

अघिल्लो पटक गरिएको वर्गीकरणमा परेका खेलाडीले त्यो बेलाको तलव पाइसकेका छन् । तर नयाँ वर्गीकरणमा केहि परिवर्तन हुनसक्ने संभावना रहेको छ । यसपटक क्यानले महिला र पुरुष दुबैमा १८–१८ खेलाडी राख्ने भनेको छ । तर क्यानको यो निर्णयले बीचमा टिममा नपरेका खेलाडीले पनि तलव पाउने देखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey