गाेलकाे गन्ति गर्नका लागि फुटबल खेल्दैन-सुनील क्षेत्री

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 620 पटक हेरिएको

भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले धेरै गोल गर्ने सक्रिय फुटबल खेलाडीको सूचीमा लियोनल मेस्सीलाई उछिन्दा आफुले कहिले पनि गोलको गन्ति नगरेको बताएका छन ।

देशका लागि धेरै गोल गर्ने सक्रिया खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डोपछि पुगेका क्षेत्रीले करियरमा धेरै गोलका लागि खेलेको भन्दापनि राम्रो प्रदर्शनका लागि खेलेको बताए ।

उनले जब आफुले करियर समाप्त गर्छु त्यसपछि मात्र गोलको गणना गर्ने बताए । क्षेत्रीले अहिलेसम्म भारतका लागि ७४ गोल गरेका छन । उनले मेस्सीको भन्दा दुई गोल बढि गरेका छन । उनी भन्दा अगाडी रहेका रोनाल्डोको एक सय तीन गोल रहेको छ ।

क्षेत्रीको भन्दा तल रहेका अली मखउतको ७३ गोल छ । उनले बंगलादेशविरुद्ध खेलेको विश्वकप छनौटको खेलमा दुई गोल गरेका थिए । भारतले सो खेलमा फिफा विश्वकप छनौटमा ६ बर्षपछि जित निकालेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey