करिव २० बर्षपछि क्यानको आर्थिक नियमावली परिमार्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 547 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले करिव २० बर्षपछि आर्थिक नियमावली परिमार्जन गरेको छ । सन् २००१ मा बनेको क्यानको आर्थिक नियमावलीलाई यसअघि धेरै पटक परिमार्जन गर्ने भनिएपनि त्यतिकै रोकिएको थियो । तत्कालिन अध्यक्ष विनयराज पाण्डेको पालामा बनेको आर्थिक नियमावलीलाई पूर्व अध्यक्ष टंक आङबुहाङको बेला परिमार्जन गर्ने भनिएको थियो । तर त्यो बेलापनि त्यतिकै भएको थियो ।

लामो समयको प्रयासपछि यसपटक क्यानले आफ्नो आर्थिक नियमावली परिमार्जन गरेर नयाँ तरिकाले अगाडी ल्याएको छ । जसका लागि सोमबार भर्चुअलबाट बसेको बैठकले उसलाई परिमार्जनको काम गरेको हो ।

नयाँ आर्थिक नियमावलीमा सबैको तलव भत्ता, पेश्कीका विषयमा स्पष्ट नियम बन्नेछ । यसका साथै अब कुनैपनि आर्थिक पक्षलाई नियममा रहेर काम गर्नुपर्ने र आर्थिक समितीमा बढि जिम्मा हुनेछ ।

परिमार्जन हुनु भन्दा अगाडी क्यानबाट पेश्की लिने जो कोहिले पनि कति समयमा दिने भन्ने कुनै निश्चित नियम थिएन । तर अबको नियमावलीमा त्यसका लागि निश्चित समय राखिने र त्यो समयमा यदि फस्र्याेट नभएको खण्डमा जरिवानासम्म लाग्ने सक्ने नियम बन्ने लागेको बताइएको छ ।

यसका साथै क्यानमा कर्मचारीको संख्या, तलवका विषयमा पनि परिमार्जित नियमावलीमा राखिने छ । यसका साथै नियमावलीमा क्यानका पदाधिकारी कुनै काँज भ्रमणमा जाँदापनि त्यसको आर्थिक विषयमा पनि यो नियमावलीमा राखिएको छ ।

खेलाडीको हकमा पहिले क्यानबाट जतिपनि तलव भत्ता दिने भनिएको थियो, त्यो निममसंगत नभएको होलसोलमा दिने गरेको थियो । जुन कुरा आर्थिक नियमावलीमा समावेश गरिएको थिएन । तर अब यो कुरालाई निमयसंगत तरिकाले लग्ने तयारी गरिएको छ । टंक आङबुहाङ अध्यक्ष हुँदा खेलाडीलाई पाँच हजार रुपैयाँ भत्ता दिने भन्ने उद्घोष गरिएको थियो । तर त्यो आर्थिक नियमावलीमा राखिएको थिएन ।

यसअघिको नियमावलीमा रकम फच्र्युटका कुनैपनि प्रतियोगिता सकिएको वा प्रतियोगिताबाट फर्किएपछिको १५ दिनमा फच्र्युट गर्ने पत्र काटेपनि ठोस नियम भने थिएन । परिमार्जित आर्थिक नियमावालीले क्यानलाई थप पारदर्शी बनाउने र यसले आर्थिक हिनामिना हुन संभावना नहुने आशा गरिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey