हाकिमलाई विक्रि गर्ने याेजनामा चेल्सी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 302 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिग विजेता चेल्सीले हाकिम जियाचलाई विक्रि गर्ने बताएको छ । क्लवमा अनुबन्ध भएको एक सिजनमा नै चेल्सीले उनलाई विक्रिको सूचीमा राखेको छ ।

आयाक्सबाट गत सिजनमा चेल्सीमा अनुबन्ध भएका जियाचले क्लवबाट ३९ खेल खेलेका छन । तर अहिले चेल्सीले उनलाई विक्रि गर्ने बताएको छ ।

उनलाई अनुबन्ध गर्नका लागि एसी मिलान र नापोली इच्छुक रहेको बताइएको छ । मोरक्कोका खेलाडी जियाचले क्लवमा राम्रो प्रदर्शन गरेपछि उनको भविष्यका विषयमा भने प्रश्न खडा भएको थियाे । अघिल्लो सिजनमा प्रिमियर लिगमा १५ खेलमा सुरुवाती ११ मा परेका जियाचले च्याम्पियन्स लिगमा तीन खेलमा सेटमा परेका थिए ।

उनी च्याम्पियन्स लिगको सेमिफाइनलमा रियलविरुद्धको खेलमा टिममा परेका थिएनन् । उनको कुरा नापोलीसँग सुरु भइसकेको छ भने एसी मिलानलेपनि अनुबन्धका लागि छलफल गरेको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey