नेपाल, स्कटल्याण्ड र नामिबियाले स्पेनमा क्रिकेट खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 954 पटक हेरिएको

आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपालले पनि खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको छ ।

जुलाईमा हुने त्रिकोणात्मक सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामिबिया खेल्ने छन् ।

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जुलाईमा प्रतियोगिता हुने पक्का भए पनि मिति भने पछि तय हुने बताए ।

कोरोना महामारीका कारण यसअघि नै तय भएको सिरिज स्थगित भएको थियो ।

स्पेनमा हुने प्रतियोगिताको विषयमा सोमबारसम्म क्यानले २० खेलाडी छनोट गर्ने तयारी गरेको पनि जनाइएको छ ।

नेपालले सन् २०२० मा घरेलु अमेरीका, ओमानसँग एकदिवसिय सिरिज खेलेपछि अर्को एकदिवसिय सिरिज खेलेको छैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey