विश्वकप छनोट : यमनमाथि साउदी अरबको फराकिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 321 पटक हेरिएको

फिफा विश्वकप फुटबलको एशियाली छनोटमा साउदी अरबले अपराजित यात्रा कायमै राखेको छ ।

अहिलेसम्म ६ खेल खेल्दा सउदीले चार खेलमा जित र दुई खेलमा बराबरी गर्दै १४ अंकका साथ समूह डी मा आफूलाई शीर्ष स्थानमा राखेको छ । दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको ९ अंक रहेको छ ।

शनिबार राति साउदी अरबले यमनमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो । साउदीको जितमा फहद मौसेद अल मुवल्लाद अल हरबीकले २ गोल गर्दा सलेम मोहम्मद अल दौसारीले एक गोल गरेका थिए । खेल शुरु भएको चौथो मिनेटमा दौसारीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए ।

May be an image of 1 person and outdoors

१७ औं मिनेटमा हरबीकले अग्रता दोब्बर बनाएका थिए । उनैले ३२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफमै ३ गोल गरेको साउदीले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । पराजित भएको यमनले ६ खेल खेल्दा ५ अंक जोडेको छ भने तालिकाको पाँचौं स्थानमा रहेको छ ।

May be an image of one or more people, people playing sports and outdoors

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey