रियल फर्किनमा बेलले एन्सेलोटीसँग कुरा गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 393 पटक हेरिएको

वेल्स तथा रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेलले आफ्नो भविष्यका बारेमा कार्लो एन्सेलोटीसँग युरोकप पछि छलफल गर्ने भएका छन ।
एक सिजन लोनमा टोटनहमबाट खेलेका बेल फेरी रियल फर्किने तयारीमा छन ।

तर उनले फेरी रियलबाट खेल्ने नखेल्ने कुरामा अन्योलता देखाएका छन । केहि दिन अगाडी उनले रियलको जर्सीमा अब नदेखिने र आफुले पाउने रकम क्लवसँग मागेर सन्यास लिने समेत धारणा राखेका थिए ।

केहि दिन अगाडीमात्र एभर्टनबाट रियलको मुख्य प्रशिक्षकमा अनुबन्ध भएका एन्सेलोटीले नै सन् २०१३ मा बेललाई अनुबन्ध गरेका थिए । ३१ बर्षे बेल र एन्सेलोटीको सम्बन्ध राम्रो रहेको र फेरी बेल रियलको मुख्य स्ट्राइकरमा टिममा प्रवेश पाउने चर्चा चलेको छ ।

बेलले युरोकपपछि कार्लोसँग कुरा गर्ने र त्यसपछि आफ्नो भविष्यको विषयमा निर्णय गर्ने बताएका छन । प्रशिक्षक जिनेदिन जिदानसँगको तिक्तताका कारण उनी टिममा निकै कम परेका थिए । त्यसपछि उनले फेरी टोटनहममा लोनमा आउने निर्णय गरेका थिए ।

टोटनहममा सिजनको अन्तिम तिर उत्कृष्ट प्रदर्शन गरेका बेलले अहिले युरो कपमा मात्र ध्यान दिइरहेको बताएका छन । यो प्रतियोगिता सकिएपछि रियलका विषयमा निर्णय गर्ने धारणा राखेका छन ।

वेल्सले शनिबार राति अल्बानियासँग मैत्रीपुर्ण खेल खेल्नेछ । जुन १२ मा उसले स्विट्जरल्याण्डको खेलबाट युरोकप सुरु गर्नेछ । टोटनहमबाट २० खेल खेल्दा बेलले ११ गोल गरेका थिए । रियलबाट उनले एक सय ७१ खेलमो ८० गोल गरेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey