यू १३ खेलाडी छनाेटमा समितिका संयोजक थापाकाे आपत्ति, एन्फा भन्छ-‘सबै प्रक्रियाबाट गरिएकाे हाे’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 559 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार युथ एकेडेमीका लागि ४२ जना छनेट गरेको सुचना सार्वजनिक गर्‍याे । तर खेलाडी छनाेटमा शंका रहेको भन्दै छनेट समितिका संयोजक तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले नै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै एकेडेमीका लागि अन्तिम छनाेट शंकाको घेरामा र आफुलाई केहि थाहा नभएको बताएका छन् ।

उनले यू १३ को अन्तिम छनाेटका विषयमा आफुसँग कुनै परामर्श नगरेको खेल एन्फाले आफुखुसी छनाेट गरेको बताएका छन् । हाल पोखरामा रहेका थापाले अन्तिम छनाेटको सूची सार्वजनिक गर्नु अगाडि आफू सँग परामर्श गर्नुपर्नेमा एन्फाले मनपरि तरिकाले नाम निकालेको बताएका छन् ।

यसका साथै उनले यो छनाेट बैधानिक नभएको र छनाेट प्रक्रिया नै शंकाको घेरामा रहेका आफ्नो आपत्ति समेत रहेको धारणा राखेका छन् ।
एन्फाले अध्यक्ष, महासचिव र प्राविधि समितिको संयुक्त सल्लाहमा यू १३ को अन्तिम नामावली सार्वजनिक गरेको बताएको छ । साथै एन्फाले थापालाई जनाकारी गराएको तर उनी उपलब्ध नहुने भनेपछि नाम सार्वजनिक गरेको एन्फाको भनाई छ ।

एन्फाले छनाेट गरेका कुल ४२ खेलाडीमा ५० प्रतिशत एन्फाको छात्रबृत्तिमा बस्नेछन् । यस्तै २१ खेलाडी तीन विभागीय टिमको एकेडेमीमा सात सात जनाका हिसावले बाँडिने छन् ।

पूर्ण छात्रवृत्ति  पाउने खेलाडीकाे सूची

आंशिक छात्रवृत्ति पाउने खेलाडी

रिजर्भ खेलाडी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey