दक्षिण अफ्रिकाविरुद्धकाे सिरिजका लागि वेष्ट इन्डिज टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 398 पटक हेरिएको

दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि वेष्ट इण्डिज क्रिकेट बोर्डले टिमकाे घोषणा गरेको छ । क्रेग ब्रार्थवेटको कप्तानीमा रहेकाे टिममा १७ खेलाडी छन ।

वेष्ट इण्डिजले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ । १० जुनदेखि २२ जुनसम्म हुने सिरिजका लागि तीव्र गतिका बलर कीमार होल्डर चोटका कारण टिममा समावेश भएका छैनन् ।

१९ वर्षीय तीव्र गतिका बलर जेडन सील्सले पहिलो पटक टिममा मौका पाएका छन् ।

वेष्ट इण्डिजको टेष्ट टिम : क्रेग ब्रार्थवेट (कप्तान), जरमेन ब्ल्याकवुड, एनक्रुमाह बोनर, डारेन ब्रावो, रोस्टन चेज, रहकीम कोर्नवाल, जोशुआ डा सिल्वा, शेनन ग्रब्रिएल, जाहमर हेमिल्टन, जेसन होल्डर, शाई होप, अल्जारी जोसेफ, काइल मैयर्स, कायरान पावेल, कीमार रोच, जेडन सील्स र जोमेल वारिक्यान ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey