नेयमारको प्रदर्शनमा ब्राजिल अपराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 765 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहेको ब्राजिल विजयी भएको छ ।

आज विहान भएको खेलमा ब्राजिललाई जिताउनका लागि रिचार्लिसन र नेयमारले एक एक गोल गर्दा इक्वेडोर २–० गोल अन्तरले पराजित भयो ।
ब्राजिल १५ अंकसहित शीर्ष स्थनमा रहँदा इक्वेडोर ९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दुवै गोल दोस्रो हाफमा गरेको हो । ६५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेयमारको पासमा उनले गोल गरेका थिए ।

८६ औं मिनेटमा रोबर्टो फिरमिनोलाई फल गरेपछि ब्राजिलले भीएआरको सहायताले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी नेयमारले प्रहार गर्दा इक्वेडरका गोलरक्षकले पहिला नै अघि बढेर रोकेको भन्दै पुनः पेनाल्टीको अबसर पाएका थिए । दोस्रो पटकको पेनाल्टी प्रहारमा भने नेयमारले गोल गर्दै विश्वकप छनोटमा आफ्नो यात्रालाई राख्न पनि सफल भयो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey