इंग्ल्याण्ड र वेष्ट इन्डिज सिरिजका लागि पाकिस्तान टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 393 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको टी २० सिरिजका लागि पाकिस्तान टिमले टिमको घोषणा गरेको छ । जसमा यसअघि दक्षिण अफ्रिका र जिम्बावेविरुद्धको सिरिज गुमाएका इमाद वासिमले कमब्याक गरेका छन । यस्तै टिममा चार जना अनुभवी खेलाडी बोलाइएको छ ।

यस्तै अजाम खानलाई पनि टिममा पहिलो पटक सहभागि गराइएको छ । इंग्ल्याण्डपछि वेष्ट इन्डिजविरुद्धको सिरिजमा पनि यहि टिमले खेल्ने बताइएको छ ।

पाकिस्तान टिमले इंग्ल्याण्डसँग तीन एकदिवसिय र तीन टी २० खेल्नेछ । सिरिज जुलाई आठबाट २० तारिखसम्म खेल्नेछ । यस्तै वेष्ट इन्डिजविरुद्ध पाकिस्तान पाँच टी २० र दुई टेष्ट खेल्नेछ ।

पाकिस्तानका लागि हरिस सोहेल एकदिवसिय सिरिजका लागि टिममा बोलाइएको छ । यस्तै इमाद वासिम टी २० खेलका लागि टिममा परेका छन । तिब्र गतिका बलर मोहम्मद अब्बास र नसिम शाहपनि वेष्ट इन्डिजविरुद्धको टेष्ट सिरिजका लागि टिममा परेका छन ।

यस्तै चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको सिरिज गुमाएका साउद सकिललाई टिममा राखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey