विश्वकप छनोटमा कतारसँग भारत पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 685 पटक हेरिएको

फिफा विश्वकप तथा एशिया कप छनोटको खेलमा भारत पराजित भएको छ ।

विहीबार राति दोहामा २०२२ को विश्वकप आयोजक राष्ट्र कतारसँग भारत १–० गोल अन्तरले पराजित गरेको हो । खेलको एक मात्र निर्णायक गोल ३३ औं मिनेटमा निस्किएको थियो । अब्दुल अजीज हतेमल गरेका थिए ।

तर भारतीय टिम पुरै जसो समय १० खेलाडीमा खेल्न बाध्य भएको थियो । नवौं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका भारतीय खेलाडी राहुल भेकेले १७ औं मिनेटमा दोहारो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि मैदान छाडेका थिए ।

समूह ईमा रहेको भारत ६ म्याच खेल्दा तीन अंक जोड्दै चौथो स्थानमा रहेको छ । भारतको विश्वकप छनोटबाट बाहिरिए पनि एशियाकप छनोटको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भने अझैं बाँकी रहेको छ। यो समूहमा कतार अपराजित रहँदै १९ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ओमान ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Image

यस्तै गएराति नै भएको यो समूहको अर्को खेलमा बंगलादेश र अफगानिस्तानले एक एक गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा अफगानिस्तानले शुरुवाती अग्रता लिएको थियो । उसका लागि अमिरुद्दिन सारिफीले गोल गर्दै ४८ औं मिनेटमा अग्रता दिलाएका थिए ।

८४ औं मिनेटमा तोपु बर्मनले गोल गर्दै बंगलादेशलाई बरारबीमा ल्याएका हुन् । ६ खेलबाट ५ अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey