नेपाली कप्तान किरण ताइपेईविरुद्ध पुग्ने ७० औं क्यापलाई विशेष बनाउने योजनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 569 पटक हेरिएको

फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आजराति चाइनीज ताइपेईविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछ । यो खेलमा नेपाली टिमका कप्तान किरण चेम्जोङका लागि ७० औं क्याप हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका लागि सर्वाधिक क्याप जित्ने किरण दोस्रो खेलाडी हुन । उनी भन्दा माथि विराज महर्जन रहेका छन । उनले ७५ क्याप जितेका छन ।

इराकविरुद्धको खेलपछि राष्ट्रिय टिमका लागि धेरै क्याप जित्ने खेलाडीको सूचीमा पूर्व कप्तान राजुकाजी श्रेष्ठलाई पछि पारेका किरणको यो नयाँ उचाई हुनेछ । यसका साथै उनले विश्वकप छनौटपछि धेरै क्याप जित्ने खेलाडी रहेका विराज भन्दा मात्र तीन खेलले पछि रहनेछन ।

नेपाली राष्ट्रिय टिमका लागि अहिलेसम्म विराजले ७५, किरणले ६९, राजुकाजी श्रेष्ठले ६८ क्याप जितेका छन । यस्तै अर्का महत्वपुर्ण खेलाडी रोहित चन्दले पनि ताइपेइविरुद्ध खेलेपछि आफ्नो क्यापसंख्या ६७ पुर्याउनेछ । उनीपनि यो छनौटमा सर्वाधिक क्याप जित्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिने पक्का जस्तै छ ।

नेपालका लागि धेरै क्याप जित्नेमा सागर थापा ६४, भरत खवास ५७, अनिल गुरुङ, जुमनु राई, सन्दिप राई ५२ क्याप रहेको छ । यस्तै स्वर्गिय मणी शाहको ४८, अञ्जन विष्ट ३७, अनन्त तामाङ ३३, नवयुग श्रेष्ठ ३० रहेको छ ।

सन् २००८ मा एएफसी च्यालेञ्ज कप छनौटमा गरेका थिए । उनी अहिले नेपाली टिमका पहिलो रोजाईका गोलकिपरमात्र नभई दक्षिण एशियामा पनि उत्कृष्ट गोलकिपरको सूचीमा पर्छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey