विश्वकप छनोटमा आज राति ९ खेल, कुन कुन टिम खेल्दै छन् त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 483 पटक हेरिएको

फिफा विश्वकप र एसिया कप छनोट अन्तर्गत आज राति ९ वटा खेल हुँदै छन् । उत्तर कोरियाले भने अन्तिम समयमा छनोट प्रतियोगिताबाट हात झिकेको छ । यसले गर्दा श्रीलंकालाई भने फाइदा पुगेको छ । आज राति यो खेल तय भएको थियो ।

यस्तै, नेपाली समय अनुसार समूह ईमा रहेका बंगलादेश र अफगानिस्तानले राति पौने ८ बजे प्रतिस्पर्धा गर्ने छन् । यो खेल अलसदाद स्टेडियम कतार दोहोमा हुने छ । यो समूहमा अफगानिस्तान तेस्रो स्थानमा रहेको छ भने अफगानिस्तान पुछारमा रहेको छ ।

यस्तै यही समूहको घरेलु टोली कतार र भारतबीच पनि प्रतिस्पर्धा हुने छ । कतार ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानम रहँदा भारत ५ खेलबाट तीन अंक जोड्दै चौथो स्थानम रहेको छ । कतार र भारतको खेल नेपाली समय अनुसार पौने ११ बजे शुरुहुने छ ।

यस्तै राति पौने ८ बजे इरान र हंङकङ आमने सामने हुने छन् । यो खेल बहराइनमा हुने छ । समूह सीमा रहेको इरानले जारी प्रतियोगितामा ६ अंकसहित आफूलाई तेस्रो स्थानमा राखेको छ भने हङकङ पाँच अंकसहित चौथो स्थानमा रहेको छ ।

यो समूहमा रहेको बहराइन र कम्बोडियाले नेपाली समय अनुसार राति सवा १० बजे प्रतिस्पर्धा गर्ने छन् । बहराइन ९ अंकसहित दोस्रो स्थानमा छ भने कम्बोडिया एक अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

राति पौने १० बजे नेपाल र चाइनिज ताइपेई आमने सामने हुने छन् । यो खेल कुवेतमा हुने छ । समूह बीमा रहेको नेपाल तीन अंकसहित चौथो स्थानमा छ भने चाइनिज ताइपेईले खाता नै खोलेको छैन ।

यो समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलिया र दोस्रो स्थानको कुवेतबीच राति पौने १ बजे प्रतिस्पर्धा हुने छ ।

नेपाली समय अनुसार राति साढे १० बजे युएई र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । समूह जीमा मलेसिया ९ अंकका साथ दोस्रो स्थानमा रहँदा युएई ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

यही समूहको थाइल्याण्ड र इन्डोनेसियाबीचको खेल पनि साढे १० बजे नै हुने छ । थाइल्याण्ड ८ अंकसहित तेस्रो स्थानमा रहँदा इन्डोनेसियाले खाता नै खोलेको छैन ।

यस्तै, राति पौने १२ बजे प्यालेस्टाइन र सिंगापुरबीच प्रतिस्पर्धा हुने छ । समूह डीमा सिंगापुर ७ अंकसहित तेस्रो स्थानमा छ भने प्यालेस्टाइन चार अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

प्वाइन्ट टेबलबारे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey