इंग्ल्याण्डको जितमा शाकाको गोल पर्याप्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 447 पटक हेरिएको

युरो कपको तयारीमा रहेको इंग्ल्याण्डले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । वुधबार राति भएको खेलमा अस्ट्रियामाथि १–० गोल अन्तरले जित दर्ता गरेको हो ।

इंग्ल्याण्डको रिभरसाइड स्टेडियममा घरेलु टोलीलाई जिताउनका लागि बाकियो शाकाले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा शाकाले ६५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका हुन् ।

युरो कपको समूह डीमा रहेको इंग्ल्याण्डले जुन १३ तारिखमा क्रोएशियासँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै, समूह सी को अस्ट्रियाले नर्थ मेसेडोनियासँग जुन १३ तारिखमै पहिलो खेल खेल्ने छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey